-
१ समुएल २:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवाले दरिद्र बनाउन सक्नुहुन्छ अनि धनी बनाउन पनि सक्नुहुन्छ;+
उहाँले पतन गराउन सक्नुहुन्छ अनि उच्च पार्न पनि सक्नुहुन्छ।+
८ उहाँले दीनदुःखीलाई धुलोबाट उठाउनुहुन्छ,
दरिद्रहरूलाई खरानीको थुप्रोबाट* निकाल्नुहुन्छ;+
उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाल्नुहुन्छ,
तिनीहरूलाई सम्मानको आसन दिनुहुन्छ।
पृथ्वीको जग यहोवाकै हो+
अनि उहाँले त्यसमाथि मलिलो माटो बिछ्याउनुभएको छ।
-