प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३:१८-२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यस दिन यहोवाले तिनीहरूको शृङ्‌गारका यी चिजहरू खोस्नुहुनेछ:

      कल्ली, शिरबन्दी, चन्द्र आकारको गहना,+

      १९ झुम्का, चुरा, घुम्टो,

      २० शिरपोस, पाउजु, पटुका,

      अत्तरदानी, जन्तर,

      २१ औँठी, नत्थ,

      २२ सुन्दर वस्त्र, बाहिरी लुगा, अलखा, थैली,

      २३ हाते-ऐना,+ मलमलका लुगा,*

      फेटा र पछ्यौरी।

  • यर्मिया ४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिमी उजाड पारिएकी छ्यौ, अब के गर्छ्यौ?

      तिमी पहिले-पहिले सिन्दूरे रङ्‌गको पोसाक लगाएर चिटिक्क पर्थ्यौ,

      सुनका गरगहनाले सजिएर झकिझकाउ हुन्थ्यौ

      अनि गाजल लगाएर आफ्ना आँखा ठूलठूला बनाउँथ्यौ।

      तर अब तिम्रो शृङ्‌गारको के काम?+

      किनभने तिमीलाई देखेर भुतुक्कै हुनेहरू अहिले तिमीलाई घृणा गर्छन्‌;

      तिनीहरू तिमीलाई मार्न खोज्दै छन्‌।+

  • इजकिएल १६:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ म तँलाई तिनीहरूको हातमा सुम्पिदिनेछु र तैँले बनाएका ढिस्काहरू र अग्ला थानहरू तिनीहरूले भत्काइदिनेछन्‌।+ तिनीहरूले तँलाई निर्वस्त्र पारिदिनेछन्‌।+ तेरा सुन्दर गरगहना पनि खोस्नेछन्‌।+ तिनीहरूले तँलाई नाङ्‌गो पारेर छोडिदिनेछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने