१० “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म मिश्रका मानिसहरूलाई बेबिलोनका राजा नबुकद्नेजरको* हातबाट नाश गर्नेछु।+११ तिनी र तिनका फौज, जो अत्यन्तै निष्ठुर र क्रूर छन्,+ तिनीहरूलाई मिश्र नाश गर्न पठाइनेछ। तिनीहरूले मिश्रलाई आफ्नो तरबारले प्रहार गर्नेछन् र देशभरि लासको थुप्रो लगाउनेछन्।+