-
यर्मिया ४४:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “तपाईँले यहोवाको नाममा हामीलाई भन्नुभएको कुरा हामी सुन्नेछैनौँ। १७ बरु हामी स्वर्गकी रानीको* नाममा बलिदान चढाउनेछौँ र उनकै लागि मद्यभेटी चढाउनेछौँ।+ हो, हामी त्यसै गर्नेछौँ; हामी आफ्नो मुखको बोलीअनुसारै गर्नेछौँ। यहुदाका सहरहरूमा र यरुसलेमका बाटोहरूमा हामी र हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र भारदारहरूले त्यसै गर्दै आएका थियौँ। त्यतिखेर हाम्रो भलो भएको थियो, हामीले प्रशस्तै खान पाएका थियौँ र हामीले कुनै विपत्ति भोग्नुपरेको थिएन।
-