३९ “तर हजुरपछि अर्को राज्य खडा हुनेछ,+ जुन हजुरको भन्दा कमजोर हुनेछ। त्यसपछि अर्को एउटा राज्य खडा हुनेछ, जुन तामाको हुनेछ र त्यसले सारा पृथ्वीभरि शासन गर्नेछ।+
६ “त्यसपछि हेर! मैले हेर्दै गर्दा चितुवाजस्तो एउटा अर्को जनावर देखेँ।+ तर त्यसको पिठिउँमा चराको जस्तो चार वटा पखेटा थिए। अनि त्यसका चार वटा टाउका थिए+ र त्यसलाई शासन गर्ने अधिकार दिइयो।