८ तब त्यस बोकाले आफूलाई अत्यन्तै उच्च पाऱ्यो। तर त्यो शक्तिशाली हुनेबित्तिकै त्यसको ठूलो सिङ भाँचियो। अनि त्यसको ठाउँमा प्रस्टै देखिने अर्को चार वटा सिङ उम्रिए र ती सिङहरू पृथ्वीको चारै दिशातिर* फर्केका थिए।+
४ तर तिनी खडा भएपछि तिनको राज्य टुक्राटुक्रा हुनेछ र पृथ्वीको चारै दिशामा* बाँडिनेछ।+ तर त्यो तिनका सन्तानले पाउनेछैनन् र ती राज्यहरू तिनको जति शक्तिशाली हुनेछैनन् किनकि तिनको राज्य उखेलिनेछ र तिनका सन्तानबाहेक अरूलाई नै दिइनेछ।