१० यहुदाका राजा यहोआसको शासनकालको ३७ औँ वर्षमा यहोअहाजका छोरा यहोआस+ सामरियामा इस्राएलका राजा भएका थिए। उनले १६ वर्ष शासन गरे। ११ उनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, उनले त्यो पाप गर्न छोडेनन्;+ उनी त्यसैमा लागिरहे।