२३ यहोआसका छोरा, यहुदाका राजा अमस्याहको शासनकालको १५ औँ वर्षमा इस्राएलका राजा यहोआसका छोरा यरोबाम+ सामरियामा राजा भए। उनले ४१ वर्ष शासन गरे। २४ उनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, उनले त्यो पाप गर्न छोडेनन्।+