-
२ राजा ८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तब हाजाएलले सोधे: “प्रभु, तपाईँ किन रुनुभएको?” तिनले जवाफ दिए: “किनकि तिमीले इस्राएलीहरूलाई कत्ति हानि पुऱ्याउनेछौ भनेर मलाई थाह छ।+ तिमीले पर्खालले घेरिएको तिनीहरूका सहरहरूलाई आगो लगाइदिनेछौ, तिनीहरूका बलिया-बलिया पुरुषहरूलाई तरबारले काट्नेछौ, तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मार्नेछौ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट चिरिदिनेछौ।”+
-
-
२ राजा १०:३२, ३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ त्यसबेला यहोवा परमेश्वरले शत्रुहरूलाई इस्राएलको इलाका एक-एक गर्दै कब्जा गर्न दिनुभयो। हाजाएलले इस्राएलका विभिन्न इलाकामा आक्रमण गरिरहे।+ ३३ तिनले यर्दनको पूर्वपट्टि पर्ने गिलादको सम्पूर्ण इलाकादेखि आक्रमण गर्न सुरु गरे। त्यहाँ गाद, रुबेन र मनस्सेको कुल+ बस्थे। त्यस इलाकामा अर्नोन बेँसीनजिकै* पर्ने अरोएरदेखि गिलाद र बासानसम्मको भूभाग पर्थ्यो।+
-