-
लुका ८:३५-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ तब के भएको रहेछ भनी हेर्न मानिसहरू आए। तिनीहरू येसुकहाँ पुगे अनि प्रेतहरूले छोडेको त्यस मानिसलाई लुगा लगाएको र सद्दे भएर येसुको पाउनेर बसिरहेको पाए। यो सब देखेर तिनीहरू डराए। ३६ अनि प्रेतले सताएको त्यो मानिस कसरी सद्दे भयो भनी प्रत्यक्षदर्शीहरूले तिनीहरूलाई बताइदिए। ३७ तब गेरासिनीहरूको इलाकाको वरपरबाट आएका मानिसहरूको जमातले उहाँलाई त्यहाँबाट गइहाल्न बिन्ती गऱ्यो किनकि तिनीहरू असाध्यै भयभीत भएका थिए। त्यसैले उहाँ डुङ्गा चढेर त्यहाँबाट फर्कनुभयो।
-