-
लुका ८:४५-४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ त्यसैले येसुले सोध्नुभयो: “मलाई छुने को हो?” जब कसैले स्विकारेन, तब पत्रुसले भने: “गुरुज्यू, भीडले तपाईँलाई घेरेर ठेलिरहेको छ।”+ ४६ तर येसुले भन्नुभयो: “कसैले मलाई छोयो किनकि मबाट शक्ति+ बाहिर निस्केको मैले महसुस गरेँ।” ४७ उहाँको नजरबाट आफू लुक्न नसकेको देखेपछि त्यो स्त्री थरथर काम्दै आई र घुँडा टेक्दै आफूले उहाँलाई छुनुको कारण र त्यसो गर्दा ऊ कसरी तुरुन्तै निको भई, त्यसबारे सबै मानिससामु बताई। ४८ तर उहाँले उसलाई भन्नुभयो: “नानी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ।”+
-