-
मत्ति ६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर प्रार्थना गर्ने बेला तिमीचाहिँ आफ्नो भित्री कोठामा जाऊ अनि ढोका बन्द गरेर तिम्रो अदृश्य बुबालाई प्रार्थना गर।+ तब सबै कुरा देख्नुहुने तिम्रो बुबाले तिमीलाई इनाम दिनुहुनेछ।
-
-
मत्ति १४:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ भीडलाई पठाइसकेपछि उहाँ प्रार्थना गर्न एक्लै डाँडामा उक्लनुभयो।+ साँझ परिसकेको थियो र उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो।
-
-
मर्कुस १:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ बिहान झिसमिसेमै उहाँ उठ्नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+
-