७ ए कपटीहरू हो, यसैयाले तिमीहरूबारे यसो भनेर ठीकै भविष्यवाणी गरेका थिए:+ ८ ‘यी मानिसहरू आफ्नो ओठले त मलाई आदर गर्छन् तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ। ९ तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन् किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउँछन्।’”+