-
मत्ति २४:१५-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “त्यसैले जब तिमीहरूले उजाड पार्ने घृणित कुरा, जसबारे भविष्यवक्ता दानिएलले भनेका थिए, पवित्र ठाउँमा खडा भएको देखौला,+ (पढ्नेले समझ चलाओस्) १६ तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्।+ १७ कौसीमा हुने मानिस आफ्नो मालसामान लिन ओर्लेर घरभित्र नपसोस्। १८ अनि खेतमा भएको मानिस आफ्नो लुगा लिन नफर्कोस्। १९ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय! २० तिमीहरू हिउँदमा वा विश्रामदिनको* बेला भाग्नु नपरोस् भनेर प्रार्थना गरिरहो।
-
-
लुका २१:२०-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “यसबाहेक जब तिमीहरूले यरुसलेमलाई सैनिकहरूले घेरेको+ देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ।+ २१ यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्,+ सहरभित्र हुनेहरू निस्किजाऊन् र गाउँमा हुनेहरू सहरभित्र नपसून्। २२ किनभने लेखिएका सबै कुरा पूरा होऊन् भनेर त्यो दिन त्यसको न्याय हुनेछ।* २३ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय!+ किनकि त्यस भूमिमा ठूलो सङ्कष्ट हुनेछ र त्यहाँका मानिसहरूमाथि क्रोध दन्किनेछ।
-