-
मत्ति ९:३-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि कोही-कोही शास्त्रीहरूले मनमनै यसो भने: “यसले त परमेश्वरको निन्दा गर्दै छ।” ४ तिनीहरू के सोच्दै छन् भन्ने थाह पाएर येसुले यसो भन्नुभयो: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो दुष्ट कुरा सोच्दै छौ?+ ५ वास्तवमा के भन्न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्न कि ‘उठेर जाऊ’ भन्न?+ ६ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्ने तिमीहरूले बुझ . . .।” त्यसपछि उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”+ ७ अनि ऊ उठ्यो र आफ्नो घरतिर लाग्यो। ८ यो देखेर भीडमा डर छायो र मानिसलाई यस्तो अख्तियार दिनुहुने परमेश्वरको तिनीहरूले महिमा गरे।
-
-
लुका ५:२१-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यो सुनेर शास्त्रीहरू र फरिसीहरूले* यस्तो तर्क गर्न थाले: “परमेश्वरको निन्दा गर्न आँट गर्ने यो को हो? परमेश्वरबाहेक अरू कसले पापहरू क्षमा गर्न सक्छ र?”+ २२ तर तिनीहरू के तर्क गर्दै छन् भन्ने चाल पाएर येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू आफ्नो हृदयमा के तर्क गर्दै छौ? २३ के भन्न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्न कि ‘उठेर जाऊ’ भन्न? २४ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्ने तिमीहरूले बुझ . . .।” उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “म तिमीलाई भन्छु, उठ र तिम्रो खाट बोक अनि घर जाऊ।”+ २५ तब ऊ तिनीहरूकै अगाडि उठ्यो अनि आफू सुत्ने गरेको खाट बोक्यो र परमेश्वरको महिमा गर्दै आफ्नो घरतिर लाग्यो। २६ यो देखेर तिनीहरू सबै दङ्ग परे अनि तिनीहरूले परमेश्वरको महिमा गर्न थाले। तिनीहरूले असाध्यै छक्क पर्दै यसो भन्न थाले: “आज हामीले अचम्मका कुराहरू देख्यौँ!”
-