प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २१:१-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ केही समयपछि दाउद पुजारी अहिमेलेकलाई भेट्‌न नोब गए।+ दाउदलाई देखेपछि अहिमेलेक डरले काँप्न लागे र तिनले भने: “तपाईँ यहाँ किन एक्लै आउनुभयो? तपाईँसित किन अरू कोही छैन?”+ २ दाउदले पुजारी अहिमेलेकलाई भने: “राजाले मलाई एउटा काम अह्राउनुभएको छ र यसो भन्‍नुभएको छ, ‘यो काम र यसबारे मैले जे-जे निर्देशन दिएको छु, त्यो कसैलाई पनि नभन्‍नू।’ त्यसैले मैले आफ्ना मानिसहरूलाई मलाई एउटा ठाउँमा भेट्‌नू भनेको छु। ३ अहिले तपाईँसित पाँच वटा रोटी छ भने मलाई दिनुहोस्‌। रोटी छैन भने तपाईँसित जे खानेकुरा छ, त्यही दिनुहोस्‌।” ४ तर पुजारीले दाउदलाई भने: “मसँग साधारण रोटी छैन, पवित्र रोटी+ मात्र छ। तपाईँका मानिसहरू स्त्रीहरूसँग बिटुलिएका छैनन्‌* भने मात्र म त्यो रोटी तपाईँलाई दिन सक्छु।”+ ५ दाउदले पुजारीलाई भने: “पहिला-पहिला युद्धमा जाँदा पनि हामी स्त्रीहरूसँग बिटुलिने गरेका थिएनौँ।+ युद्धहरूमा जाँदा त हामी बिटुलिने गर्दैनथ्यौँ भने अहिले यो विशेष कामको लागि त झन्‌ कत्ति शुद्ध छौँ होला!” ६ त्यसैले पुजारीले दाउदलाई पवित्र रोटी दिए+ किनभने त्यहाँ भेटीको रोटीबाहेक* अरू रोटी थिएन। त्यो रोटी यहोवा परमेश्‍वरको सामनेबाट हटाइसकिएको थियो र त्यही दिन त्यसको सट्टा ताजा रोटी राखिएको थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने