२३तब तिनीहरू सबका सब उठे अनि उहाँलाई पिलातसकहाँ लगे।+२ त्यसपछि तिनीहरूले उहाँलाई यस्तो आरोप लगाउन थाले:+ “यस मानिसले हाम्रो जातिलाई भड्काइरहेको, सिजरलाई* कर तिर्न रोकिरहेको+ अनि आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको+ हामीले फेला पाऱ्यौँ।”
१२ यसकारण उहाँलाई कसरी मुक्त गर्ने भनेर पिलातसले उपाय खोज्न थाले। तर यहुदीहरू भने यसो भन्दै चिच्याए: “यदि तपाईँले यस मानिसलाई मुक्त गर्नुभयो भने तपाईँ सिजरको* मित्र होइन। आफूलाई राजा तुल्याउने जुनसुकै व्यक्तिले सिजरको विरुद्धमा बोलिरहेको हुन्छ।”*+