१४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो।
२९ किनकि ज-जसलाई उहाँले सबैभन्दा पहिला स्विकार्नुभयो, आफ्नो छोराको प्रतिरूप होऊन्+ भनेर तिनीहरूलाई पहिल्यै नियुक्त पनि गर्नुभयो। ख्रिष्ट आफ्ना धेरै भाइमध्ये+ पहिलो सन्तान+ हुन सकून् भनेर पनि उहाँले त्यसो गर्नुभएको हो।