२० ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुहुँदा र उहाँलाई स्वर्गमा आफ्नो दाहिने हाततर्फ राख्नुहुँदा+ परमेश्वरले त्यस्तै शक्ति प्रदर्शन गर्नुभएको थियो। २१ उहाँले यस युगमा मात्र होइन तर आउने युगमा समेत ख्रिष्टलाई सबै सरकार, अख्तियार, शक्ति, प्रभुत्व अनि नामहरूभन्दा धेरै माथि राख्नुभयो।+