-
प्रकाश १९:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तब त्यो जङ्गली जनावर पक्राउ पऱ्यो र त्यसको अगाडि चिन्हहरू देखाउने झूटो भविष्यवक्ता+ पनि पक्राउ पऱ्यो। यो त्यही झूटो भविष्यवक्ता हो, जसले चिन्हहरू देखाएर जङ्गली जनावरको चिन्ह लिने+ अनि त्यसको मूर्तिको उपासना गर्ने मानिसहरूलाई+ बहकाउँथ्यो। अनि ती दुवैलाई गन्धकको अग्निकुण्डमा जिउँदै हुर्ऱ्याइयो।+
-
-
प्रकाश २०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अनि मैले सिंहासनहरू देखेँ र ती सिंहासनहरूमा बस्नेहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखेँ, जो येसुको विषयमा आफूले दिएको साक्षी अनि परमेश्वरको विषयमा आफूले बोलेको कुराले गर्दा मारिएका* थिए। साथै जङ्गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई+ पनि मैले देखेँ। तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।+
-