-
प्रकाश १३:१६-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यस जनावरले के साना, के ठूला, के धनी, के गरिब, के स्वतन्त्र, के दास, सबै मानिसलाई आफ्नो दाहिने हातमा वा निधारमा चिन्ह लगाउन बाध्य पार्छ+ १७ ताकि त्यो चिन्ह अर्थात् त्यस जङ्गली जनावरको नाम+ वा त्यसको नामको सङ्ख्या+ हुनेबाहेक अरू कसैले किनबेच गर्न नपाओस्। १८ बुद्धि चाहिने यस्तै बेला हो: जोसित अन्तर्दृष्टि छ, उसले हिसाब गरेर त्यो जङ्गली जनावरको सङ्ख्या पत्ता लगाओस् किनकि त्यो सङ्ख्या मानिसको सङ्ख्या हो अनि त्यसको सङ्ख्या हो, ६६६।+
-
-
प्रकाश २०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अनि मैले सिंहासनहरू देखेँ र ती सिंहासनहरूमा बस्नेहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखेँ, जो येसुको विषयमा आफूले दिएको साक्षी अनि परमेश्वरको विषयमा आफूले बोलेको कुराले गर्दा मारिएका* थिए। साथै जङ्गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई+ पनि मैले देखेँ। तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।+
-