प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ थिस्सलोनिकी २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ थिस्सलोनिकी विषयवस्तु

      • पावलले थिस्सलोनिकामा गरेको सेवा (१-१२)

      • थिस्सलोनिकीहरूले परमेश्‍वरको वचन स्विकारे (१३-१६)

      • पावल थिस्सलोनिकीहरूलाई भेट्‌ने तीव्र इच्छा गर्छन्‌ (१७-२०)

१ थिस्सलोनिकी २:१

मार्जिनल रेफरेन्स

  • +प्रे १७:१, ४

१ थिस्सलोनिकी २:२

फुटनोट

  • *

    वा सम्भवतः “ठूलो सङ्‌घर्ष गर्दै।”

मार्जिनल रेफरेन्स

  • +प्रे १६:१२, २२-२४
  • +प्रे १७:१, २

१ थिस्सलोनिकी २:४

मार्जिनल रेफरेन्स

  • +हित १७:३; यर्मि ११:२०

१ थिस्सलोनिकी २:५

मार्जिनल रेफरेन्स

  • +प्रे २०:३३

१ थिस्सलोनिकी २:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२को ११:९; २थि ३:८, १०

१ थिस्सलोनिकी २:८

फुटनोट

  • *

    शा., “असाध्यै खुसी।”

मार्जिनल रेफरेन्स

  • +युह १५:१३
  • +युह १३:३५

१ थिस्सलोनिकी २:९

मार्जिनल रेफरेन्स

  • +प्रे १८:३; २०:३४; २को ११:९; २थि ३:८, १०

१ थिस्सलोनिकी २:११

मार्जिनल रेफरेन्स

  • +१को ४:१५
  • +प्रे २०:३१

१ थिस्सलोनिकी २:१२

मार्जिनल रेफरेन्स

  • +लुका २२:२८-३०
  • +१प ५:१०
  • +एफि ४:१; कल १:१०; १प १:१५

१ थिस्सलोनिकी २:१३

मार्जिनल रेफरेन्स

  • +१थि १:२, ३

१ थिस्सलोनिकी २:१४

मार्जिनल रेफरेन्स

  • +प्रे १७:५

१ थिस्सलोनिकी २:१५

मार्जिनल रेफरेन्स

  • +प्रे २:२२, २३; ७:५२
  • +मत्ति २३:३४

१ थिस्सलोनिकी २:१६

मार्जिनल रेफरेन्स

  • +लुका ११:५२; प्रे १३:४९, ५०
  • +रोमी १:१८

१ थिस्सलोनिकी २:१९

मार्जिनल रेफरेन्स

  • +१थि ५:२३; २थि १:४

अरू

१ थिस्स. २:१प्रे १७:१, ४
१ थिस्स. २:२प्रे १६:१२, २२-२४
१ थिस्स. २:२प्रे १७:१, २
१ थिस्स. २:४हित १७:३; यर्मि ११:२०
१ थिस्स. २:५प्रे २०:३३
१ थिस्स. २:६२को ११:९; २थि ३:८, १०
१ थिस्स. २:८युह १५:१३
१ थिस्स. २:८युह १३:३५
१ थिस्स. २:९प्रे १८:३; २०:३४; २को ११:९; २थि ३:८, १०
१ थिस्स. २:१११को ४:१५
१ थिस्स. २:११प्रे २०:३१
१ थिस्स. २:१२लुका २२:२८-३०
१ थिस्स. २:१२१प ५:१०
१ थिस्स. २:१२एफि ४:१; कल १:१०; १प १:१५
१ थिस्स. २:१३१थि १:२, ३
१ थिस्स. २:१४प्रे १७:५
१ थिस्स. २:१५प्रे २:२२, २३; ७:५२
१ थिस्स. २:१५मत्ति २३:३४
१ थिस्स. २:१६लुका ११:५२; प्रे १३:४९, ५०
१ थिस्स. २:१६रोमी १:१८
१ थिस्स. २:१९१थि ५:२३; २थि १:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ थिस्सलोनिकी २:१-२०

पहिलो थिस्सलोनिकी

२ हे भाइ हो, हामीले तिमीहरूसित गरेको भेटघाट बेकार गएन भनेर तिमीहरूलाई पक्कै थाह छ।+ २ किनकि फिलिप्पीमा दुःख अनि बेइज्जती भोगे तापनि+ परमेश्‍वरको मदत पाएर हामीले कसरी साहस बटुल्यौँ र घोर विरोधको बाबजुद* तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनायौँ, त्यो तिमीहरूलाई थाह छ।+ ३ किनकि हामी तिमीहरूलाई कुनै गलत वा अशुद्ध कुराको आधारमा वा कुनै छली मनसायले अर्ती दिँदैनौँ ४ तर परमेश्‍वर, जसले हाम्रो हृदय जाँच्नुहुन्छ,+ उहाँले नै हामीलाई जाँचेर सुसमाचार सुम्पिन योग्य साबित गर्नुभएको हुनाले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई प्रसन्‍न पार्न हामी प्रचार गर्छौँ।

५ भनौँ भने तिमीहरूलाई थाहै छ, हामीले न कहिल्यै तिमीहरूको चापलुसी गऱ्‍यौँ न त केही हासिल गर्ने लोभमा तिमीहरूसामु ढोँग नै रच्यौँ;+ यसको साक्षी परमेश्‍वर हुनुहुन्छ! ६ हुनत ख्रिष्टका प्रेषितहरू* भएको नाताले हामी तिमीहरूको निम्ति खर्चिलो बोझ बन्‍न सक्थ्यौँ तर हामीले मानिसहरूबाट प्रशंसा खोजेनौँ, अहँ, न तिमीहरूबाट न त अरूहरूबाटै।+ ७ बरु जसरी दूध खुवाउने आमाले आफ्नो नवजात शिशुको स्याहारसुसार गर्छिन्‌, त्यसरी नै हामीले पनि तिमीहरूसित कोमल व्यवहार गऱ्‍यौँ। ८ तिमीहरूको निम्ति हामी यत्ति धेरै कोमल स्नेहले भरिएका थियौँ कि तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार* थियौँ + किनकि तिमीहरू हाम्रो निम्ति अतिप्रिय भएका थियौ।+

९ हे भाइहरू हो, हाम्रो मेहनत र कडा परिश्रम तिमीहरूले पक्कै पनि बिर्सेका छैनौ। तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर दिनरात काम गर्दै+ हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गऱ्‍यौँ। १० तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूसित व्यवहार गर्दा हामी कत्ति वफादार, असल अनि दोषरहित थियौँ, तिमीहरू आफै त्यसको साक्षी छौ अनि परमेश्‍वर पनि त्यसको साक्षी हुनुहुन्छ। ११ एक जना बुबाले+ आफ्नो छोराछोरीलाई गरेजस्तै हामीले पनि तिमीहरू हरेकलाई कसरी अर्ती र सान्त्वना दियौँ अनि सम्झाइबुझाइ गऱ्‍यौँ,+ त्यो तिमीहरूलाई राम्ररी थाह छ १२ किनकि परमेश्‍वर, जसले तिमीहरूलाई आफ्नो राज्य+ अनि महिमाको भागीदार हुन बोलाउँदै हुनुहुन्छ,+ उहाँको सेवक कहलाइन योग्य जीवन तिमीहरूले बिताएको+ हामी चाहन्थ्यौँ।

१३ त्यसैले हामी निरन्तर परमेश्‍वरलाई धन्यवाद पनि चढाइरहन्छौँ + किनकि तिमीहरूले हामीबाट सुनेको परमेश्‍वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्‍वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्‍यौ। अनि तिमीहरू, जो येसुका चेलाहरू भइसकेका छौ, तिमीहरूबीच त्यही वचनले काम पनि गरिरहेको छ। १४ हे भाइ हो, तिमीहरूले यहुदियामा भएका परमेश्‍वरका मण्डलीहरू, जो ख्रिष्ट येसुसित एकतामा छन्‌, तिनीहरूको अनुकरण गऱ्‍यौ किनकि तिनीहरूले यहुदीहरूको हातबाट जस्तो दुःखकष्ट भोगिरहेका छन्‌, तिमीहरूले पनि आफ्ना देशवासीहरूको हातबाट त्यस्तै दुःखकष्ट भोग्यौ।+ १५ ती यहुदीहरूले भविष्यवक्‍ताहरू अनि प्रभु येसु ख्रिष्टलाई समेत मारे+ र हाम्रो खेदो गरे।+ तिनीहरू परमेश्‍वरलाई मन पर्ने होइन तर सबै मानिसको अहित हुने काम गर्छन्‌। १६ जातिजातिका मानिसहरूको उद्धार गर्ने सन्देश उनीहरूलाई प्रचार गर्नदेखि तिनीहरू हामीलाई रोक्न खोज्छन्‌।+ यसो गरेर तिनीहरू आफ्नै पापको घैँटो भर्दै छन्‌। त्यसैले तिनीहरूमाथि परमेश्‍वरको क्रोध पोखाउने समय अन्ततः आइपुगेको छ।+

१७ हे भाइ हो, केही समयका लागि तिमीहरूदेखि टाढा हुनुपर्दा (दूरीको हिसाबले टाढा भए तापनि मनमा त तिमीहरू हामीसितै थियौ) तिमीहरूलाई भेट्‌ने तीव्र इच्छा भएकोले हामीले तिमीहरूलाई भेट्‌न भरमग्दुर कोसिस गऱ्‍यौँ। १८ यसैकारण हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ। हो, म पावलले तिमीहरूकहाँ आउन एक चोटि होइन, दुई-दुई चोटि प्रयास गरेँ तर सैतानले हाम्रो बाटो छेक्यो। १९ हुन पनि हाम्रा प्रभु येसुको उपस्थितिको बेला उहाँसामु हाम्रो आशा, खुसी अनि विजयको मुकुट को हुनेछ? के तिमीहरू नै हुनेछैनौ र?+ २० वास्तवमा तिमीहरू नै हाम्रो महिमा अनि खुसी हौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने