भजनसङ्ग्रह
२ यहोवाको निम्ति गाओ; उहाँको नामको प्रशंसा गर।
उहाँले गर्नुहुने उद्धारको सुसमाचार हरदिन घोषणा गर।+
३ जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,
सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ।+
४ यहोवा महान् हुनुहुन्छ; प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ।
उहाँ अरू सबै देवताभन्दा भययोग्य हुनुहुन्छ।
७ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,
यहोवाको मान गर किनकि उहाँ महिमावान् र शक्तिशाली हुनुहुन्छ।+
८ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+
भेटी लिएर उहाँका चोकहरूमा आओ।
१० जातिजातिमाझ यस्तो घोषणा गर: “यहोवा राजा हुनुभएको छ!+
पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।*
११ स्वर्ग रमाओस्, पृथ्वीले खुसीयाली मनाओस्;
समुद्र र त्यसमा भएका सबै थोक गर्जून्;+