तितसलाई पत्र
१ म पावल, परमेश्वरको दास र येसु ख्रिष्टको प्रेषित* हुँ। मेरो विश्वास परमेश्वरले चुन्नुभएकाहरूको विश्वासअनुसार र सत्यको त्यो सही ज्ञानअनुसार छ, जुन परमेश्वरको भक्तिसित सम्बन्धित छ २ अनि यी कुराहरू अनन्त जीवनको+ आशामा आधारित छन्, जसको विषयमा कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले+ धेरै पहिले प्रतिज्ञा गर्नुभएको थियो। ३ हाम्रा उद्धारक, परमेश्वरको आज्ञाबमोजिम मलाई सुम्पिइएको प्रचारकार्यद्वारा+ उहाँले आफ्नो समयमा आफ्नो वचन प्रकट गर्नुभयो। ४ एउटै विश्वास भएको नाताले मेरो साँचो छोरा तितसलाई म यो पत्र लेख्दै छु:
परमेश्वर, हाम्रा बुबा र ख्रिष्ट येसु, हाम्रा उद्धारकबाट तिमीलाई असीम अनुग्रह र शान्ति मिलोस्।
५ मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ कि तिमीले सुधार्नुपर्ने कुराहरू सुधार्न सक अनि मैले तिमीलाई दिएको यी निर्देशनबमोजिम सहर-सहरमा एल्डरहरू* नियुक्त गर्न सक: ६ यस्तो भाइलाई नियुक्त गर्नू, जसमाथि कुनै दोष लागेको छैन, जो एउटै स्त्रीको पति हुन् अनि जसका छोराछोरी प्रभुमा विश्वास गर्छन् र तिनीहरूमाथि दुराचरणमा लागेको* वा विद्रोही भएको आरोप लागेको छैन।+ ७ किनकि निरीक्षक परमेश्वरको भण्डारे भएको हुनाले तिनीमाथि कुनै आरोप लागेको हुनु हुँदैन अनि तिनी आफूखुसी चल्ने,+ झनक्क रिसाउने,+ पियक्कड, हिंस्रक* हुनु हुँदैन र तिनले बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन ८ बरु तिनी अतिथि-सत्कार गर्ने,+ भलाइको प्रेमी, सुझबुझ भएको,*+ धर्मी, वफादार,+ आत्मसंयमी,+ ९ आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्वासयोग्य वचनलाई* दह्रोसित पक्रिराख्ने हुनुपर्छ+ ताकि तिनले साँचो* शिक्षाद्वारा प्रोत्साहन* दिनुका+ साथै त्यस शिक्षाको विरोध गर्नेहरूलाई सुधार्न सकून्।+
१० किनकि विद्रोह गर्ने, बेकारको कुरा गर्ने र अरूलाई छक्याउनेहरू धेरै छन्। विशेषगरि खतनाका* समर्थकहरू त्यस्ता छन्।+ ११ यस्ताहरूको मुख बन्द गराउनुपर्छ किनकि बेइमानीद्वारा केही हासिल गर्नको लागि तिनीहरू सिकाउन नहुने कुराहरू सिकाएर मानिसहरूको पूरै परिवारको विश्वास डुबाइदिने गर्छन्। १२ तिनीहरूकै भविष्यवक्ताहरूमध्ये एक जनाले यसो भनेका छन्: “क्रेटका मानिसहरू सधैँ झूट बोल्ने, जङ्गली जनावरजस्तो हिंस्रक, अल्छी र घिचुवाहरू हुन्।”
१३ यो साक्षी साँचो हो। त्यसकारण तिनीहरूलाई कडाइका साथ सुधारिरहनू ताकि तिनीहरू विश्वासमा दह्रो* होऊन् १४ अनि यहुदीहरूको दन्त्यकथा र ती मानिसहरूका आज्ञाहरूमा ध्यान नदेऊन्, जो सत्यबाट तर्केका छन्। १५ शुद्ध मानिसहरूका लागि सबै कुरा शुद्धै हुन्छ।+ तर अशुद्ध र अविश्वासी मानिसहरूका लागि कुनै कुरा पनि शुद्ध हुँदैन किनकि तिनीहरूको दिमाग र अन्तस्करण दुवै अशुद्ध हुन्छ।+ १६ परमेश्वरलाई चिनेका छौँ भनेर तिनीहरू खुलेआम घोषणा गर्छन् तर आफ्ना कामहरूद्वारा भने उहाँलाई इन्कार गर्छन्+ किनकि तिनीहरू घृणित र अनाज्ञाकारी छन् अनि कुनै पनि असल कामको लायक छैनन्।
२ तर तिमी भने साँचो* शिक्षासित मेल खाने कुराहरू सिकाइरहनू।+ २ वृद्ध पुरुषहरू आफ्नो आनीबानीमा सन्तुलित, गम्भीर अनि सुझबुझ भएका होऊन्। साथै तिनीहरू विश्वास, प्रेम र सहनशीलतामा दह्रो* होऊन्। ३ त्यसैगरि वृद्ध स्त्रीहरूको आचरण भक्तहरूलाई सुहाउने होस्। तिनीहरू अरूको निन्दा गर्ने र धेरै मद्यपान गर्ने नहोऊन् बरु असल कुराका शिक्षकहरू होऊन्। ४ तिनीहरूले युवतीहरूलाई आ-आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना छोराछोरीलाई माया गर्न, ५ सुझबुझ चलाउन, पवित्र रहन, घरायसी काम गर्न,* असल बन्न अनि आ-आफ्ना पतिको अधीनमा बस्न+ सल्लाह देऊन्* ताकि परमेश्वरको वचनको बदनाम हुन नपाओस्।
६ त्यसैगरि युवकहरूलाई सुझबुझ चलाउन आग्रह गरिरहनू।+ ७ तिमीले हरेक क्षेत्रमा असल काम गरेर उदाहरण बसाल्नू। पूर्ण गम्भीरतासाथ शुद्ध शिक्षा देऊ,*+ ८ हितकर* वचन बोल,+ जसको कसैले आलोचना गर्न सक्दैन ताकि हाम्रो विरुद्धमा बोल्न केही नराम्रो* कुरा नपाएकोले विरोधीहरू लज्जित होऊन्।+ ९ दासहरू सबै कुरामा आ-आफ्ना मालिकको अधीनमा रहून्+ र तिनीहरूलाई खुसी पार्न कोसिस गरून्। उनीहरू आफ्ना मालिकहरूसित मुखमुखै नलागून्, १० तिनीहरूको केही नचोरून्+ बरु पूर्णतया भरोसायोग्य भएको देखाऊन्। यसरी उनीहरूले सबै कुरामा हाम्रा उद्धारक, परमेश्वरको शिक्षाको शोभा बढाऊन्।+
११ हरकिसिमका मानिसहरूलाई उद्धार दिने परमेश्वरको असीम अनुग्रह प्रकट भएको छ।+ १२ यसले हामीलाई भक्तिहीनता र सांसारिक इच्छाहरू+ तिरस्कार गर्न अनि यस वर्तमान युगमा* सुझबुझ चलाउन, न्यायोचित काम गर्न र परमेश्वरको भक्ति गर्दै जीवन बिताउन तालिम दिन्छ।+ १३ अनि हामी त्यस समयको बाटो हेर्दै बसौँ, जब हाम्रो सुखद आशा पूरा हुनेछ+ अनि हाम्रा महान् परमेश्वर र हाम्रा उद्धारक, येसु ख्रिष्टको महिमा प्रकट हुनेछ। १४ हामीलाई हरप्रकारका कुकर्महरूबाट छुटकारा दिन*+ र हामीलाई शुद्ध पार्न ख्रिष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो+ ताकि हामी उहाँको विशेष सम्पत्ति र असल कामहरूमा जोसिलो हुन सकौँ।+
१५ पूर्ण अख्तियारसहित यी कुराहरू सिकाइरहनू, अर्ती दिइरहनू* अनि सुधारिरहनू।+ कसैले तिमीलाई कहिल्यै तुच्छ ठान्न नपाओस्।
३ तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून् अनि उनीहरूप्रति आज्ञाकारी होऊन्,+ हरेक असल कामको लागि तत्पर होऊन्, २ कसैको बदनाम नगरून्, झगडालु नहोऊन् बरु व्यावहारिक होऊन्+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।+ ३ किनकि कुनै समय हामी पनि अबुझ, अनाज्ञाकारी, बहकिएका, विभिन्न कुइच्छा र सुखविलासको दासत्वमा परेका, खराबी र ईर्ष्या गर्ने, घृणित र एकअर्कालाई घृणा गर्ने मानिसहरू थियौँ।
४ तर जब हाम्रा उद्धारक परमेश्वरको दया+ र मानिसजातिप्रतिको प्रेम प्रकट भयो ५ (हामीले गरेको असल कामहरूको कारण होइन+ तर उहाँको कृपाले गर्दा),+ तब उहाँले जीवन दिने स्नानद्वारा+ अनि पवित्र शक्तिले नयाँ बनाएर हाम्रो उद्धार गर्नुभयो।+ ६ हाम्रा उद्धारक येसु ख्रिष्टमार्फत उहाँले यो पवित्र शक्ति हामीमाथि प्रचुर मात्रामा* खन्याउनुभयो+ ७ ताकि उहाँको असीम अनुग्रहले गर्दा धर्मी ठहरिसकेपछि+ हामी आफ्नो आशाअनुसारै अनन्त जीवनको+ उत्तराधिकारी बन्न सकौँ।+
८ यी कुराहरू विश्वासयोग्य छन् अनि तिमीले यी कुराहरूमा जोड दिइरह भन्ने म चाहन्छु ताकि ज-जसले परमेश्वरमा विश्वास गरेका छन्, तिनीहरूले आफ्नो ध्यान असल कामहरूमा लगाइरहन सकून्। यी कुराहरू मानिसहरूका लागि असल र फाइदाजनक छन्।
९ तर मूर्खताले भरिएको वादविवाद, वंशावलीको खोजीनिती, बहस अनि मोसाको व्यवस्थाको विषयमा झगडा गर्नदेखि टाढै बस किनकि त्यसबाट कुनै फाइदा हुँदैन, ती बेकारका कुराहरू हुन्।+ १० कुनै मानिसले गुटबन्दीलाई प्रोत्साहन दिन्छ भने+ उसलाई पहिला एक चोटि अनि फेरि दोस्रो चोटि चेतावनी देऊ, त्यसपछि+ ऊसित सङ्गत गर्न छोडिदेऊ।+ ११ यो जानेर कि यस्तो मानिस सत्यको मार्गबाट तर्केको छ अनि उसले पाप गरिरहेको छ र आफूले आफैलाई दोषी ठहराइरहेको छ।
१२ मैले अर्तिमास वा टाइकिकसलाई+ तिमीकहाँ पठाएपछि मकहाँ निकोपोलिस आउन सक्दो प्रयास गर किनकि मैले त्यहीँ हिउँद काट्ने निधो गरेको छु। १३ जिनस, जो मोसाको व्यवस्थामा पोख्त छन्, तिनी र अपोल्लसका लागि यात्राको सम्पूर्ण बन्दोबस्त मिलाइदिन सक्दो गर ताकि तिनीहरूलाई कुनै कुराको अभाव नहोस्।+ १४ हाम्रा मानिसहरूले पनि असल काम गर्न सिकून् ताकि आवश्यक परेको बेला तिनीहरूले मदत गर्न सकून्+ र तिनीहरू असल काममा निष्फल नहोऊन्।+
१५ मसित भएकाहरू सबैले तिमीलाई अभिवादन पठाएका छन्। विश्वासमा भएकाहरू, जो हामीलाई माया गर्छन्, तिनीहरूलाई मेरो अभिवादन छ भनिदेऊ।
परमेश्वरको असीम अनुग्रह तिमीहरू सबैमाथि रहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “छाडा भएको।”
वा “अरूलाई चोट पुऱ्याउने।”
वा “राम्ररी विचार गर्ने; समझदार।”
वा “भरपर्दो सन्देशलाई।”
वा “स्वस्थकर; लाभदायी।”
वा “अर्ती।”
शब्दावली हेर्नुहोस्।
शा., “स्वस्थ।”
वा “स्वस्थकर; लाभदायी।”
शा., “स्वस्थ।”
वा “घरको रेखदेख गर्न।”
वा “सम्झाऊन्; तालिम देऊन्।”
वा सम्भवतः “शुद्धतासाथ सिकाऊ।”
वा “स्वस्थकर; लाभदायी।”
वा “दुष्ट।”
शब्दावली हेर्नुहोस्।
शा., “हाम्रो लागि फिरौती दिन।”
वा “प्रोत्साहन दिइरहनू।”
वा “उदारतासाथ।”