प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg ७ ques. १-५
  • परमेश्‍वरको राज्य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्य के हो?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वरको राज्यले के गर्नेछ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
परमेश्‍वरबाट आएको सुसमाचार!
fg ७ ques. १-५

पाठ ७

परमेश्‍वरको राज्य के हो?

१. परमेश्‍वरको राज्य के हो?

[पृष्ठ १४-मा भएका चित्रहरू]

येशू राजा हुन किन योग्य हुनुहुन्छ?—मर्कूस १:४०-४२.

परमेश्‍वरको राज्य स्वर्गमा स्थापना भएको सरकार हो। यसले पृथ्वीका सबै सरकारलाई हटाउनेछ। यही सरकारमार्फत स्वर्गमा अनि पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा हुनेछ। परमेश्‍वरको राज्यबारे यस्तो समाचार सुसमाचार हो। परमेश्‍वरको राज्यले मानिसहरूको असल सरकारको आवश्‍यकता पूरा गर्नेछ। पृथ्वीमा बस्ने सबैलाई यस राज्यले एकताबद्ध बनाउनेछ।—दानियल २:४४; मत्ती ६:९, १०; २४:१४ पढ्‌नुहोस्‌।

यहोवाले आफ्नो छोरा येशू ख्रीष्टलाई आफ्नो राज्यको राजा नियुक्‍त गर्नुभएको छ।—प्रकाश ११:१५ पढ्‌नुहोस्‌।

२. येशू किन राजा हुन योग्य हुनुहुन्छ?

येशू राजा हुन योग्य हुनुहुन्छ किनभने उहाँ दयालु हुनुहुन्छ र सही कुराको लागि दृढ अडान लिनुहुन्छ। (यूहन्‍ना १:१४) उहाँसँग मानिसहरूलाई मदत गर्न सक्ने शक्‍ति पनि छ किनभने उहाँले स्वर्गबाट पृथ्वीमा शासन गर्नुहुनेछ। उहाँ पुनर्जीवित भइसकेपछि स्वर्गमा जानुभयो र राजाको रूपमा सिंहासनमा बस्न यहोवाको दाहिने हाततर्फ पर्खेर बस्नुभयो। (हिब्रू १०:१२, १३) अन्तमा यहोवाले शासन गर्ने शक्‍ति येशूलाई सुम्पनुभयो।—दानियल ७:१३, १४ पढ्‌नुहोस्‌।

३. येशूसँगै क-कसले शासन गर्नेछन्‌?

बाइबलमा “पवित्र जनहरू” भनेर चिनाइएको समूहले येशूसँगै शासन गर्नेछन्‌। (दानियल ७:२७) सुरुमा छानिएका पवित्र जनहरू येशूका विश्‍वासी प्रेषितहरू थिए। यहोवाले अहिलेसम्म पनि विश्‍वासी पुरुष र स्त्रीलाई पवित्र जनहरूको रूपमा छानिरहनुभएको छ। तिनीहरू पनि येशूजस्तै अदृश्‍य शरीरमा मृत्युबाट बिउँताइनेछन्‌।—यूहन्‍ना १४:१-३; १ कोरिन्थी १५:४२-४४  पढ्‌नुहोस्‌।

कति जना मानिस स्वर्ग जानेछन्‌? स्वर्ग जाने मानिसहरूलाई येशूले “सानो बगाल” भन्‍नुभयो। (लूका १२:३२) तिनीहरूको जम्मा सङ्‌ख्या १,४४,००० हुनेछ। तिनीहरूले येशूसँगै पृथ्वीमा शासन गर्नेछन्‌।—प्रकाश १४:१ पढ्‌नुहोस्‌।

४. येशूले शासन गर्न थालेपछि के भयो?

परमेश्‍वरको राज्यले सन्‌ १९१४ देखि शासन गर्न सुरु गऱ्‍यो।a राजा भएपछि येशूले सबैभन्दा पहिला सैतान तथा त्यसका दुष्ट स्वर्गदूतहरूलाई तल पृथ्वीमा फ्याँक्नुभयो। सैतान असाध्यै रिसायो र संसारभरि सबैलाई दुःख दिन थाल्यो। (प्रकाश १२:७-१०, १२) त्यतिबेलादेखि मानिसहरूको दुःख अचाक्ली बढेको छ। युद्ध, अनिकाल, महामारी र भूकम्प जस्ता सबै घटनाहरू परमेश्‍वरको राज्यले चाँडै पृथ्वीका मामिलाहरूमा हस्तक्षेप गर्नेछ भन्‍ने “चिन्ह”-का भाग हुन्‌।—लूका २१:७, १०, ११, ३१ पढ्‌नुहोस्‌।

५. परमेश्‍वरको राज्यले अहिले के गर्दैछ र भविष्यमा के गर्नेछ?

संसारभरि भइरहेको प्रचारकार्यमार्फत परमेश्‍वरको राज्यले सबै राष्ट्रबाट एउटा ठूलो भीडलाई जम्मा गर्न थालिसकेको छ। लाखौं नम्र जनहरू परमेश्‍वरको राज्यको प्रजा बनिरहेका छन्‌। परमेश्‍वरको राज्यले यस दुष्ट युगको विनाश गर्दा यसले तिनीहरूलाई भने बचाउनेछ। त्यसैले परमेश्‍वरको राज्यबाट लाभ उठाउन चाहनेहरू सबैले येशूको आज्ञाकारी प्रजा हुन सिक्नुपर्छ।—प्रकाश ७:९, १४, १६, १७ पढ्‌नुहोस्‌।

हजार वर्षीय शासनको दौडान यस राज्यले मानिसजातिको लागि परमेश्‍वरले सुरुमा राख्नुभएको उद्देश्‍य पूरा गर्नेछ। पूरै पृथ्वी सुन्दर बगैंचारूपी प्रमोदवन हुनेछ। अन्तमा येशूले यो राज्य फेरि आफ्नो बुबालाई सुम्पनुहुनेछ। (१ कोरिन्थी १५:२४-२६) परमेश्‍वरको राज्यबारे तपाईं कसलाई बताउन चाहनुहुन्छ?—भजन ३७:१०, ११, २९ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ र ९ हेर्नुहोस्‌।

a बाइबलमा सन्‌ १९१४ बारे गरिएका भविष्यवाणीहरूबारे विस्तृत जानकारी पाउनको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ २१५-२१८ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने