प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग २
  • वफादार हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार हुनुहोस्‌
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ अरू कुरालाई भन्दा जीवनसाथीलाई महत्त्वपूर्ण ठान्‍नुहोस्‌
  • २ हृदय सुरक्षित राख्नुहोस्‌
  • परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌
    सुखी परिवार तर कसरी?
  • सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?
    सुखी परिवार तर कसरी?
  • समस्या कसरी सुल्झाउने?
    सुखी परिवार तर कसरी?
सुखी परिवार तर कसरी?
hf भाग २

अध्याय २

वफादार हुनुहोस्‌

“जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्टाओस्‌।”—मर्कूस १०:९

यहोवा हामी ‘वफादार’ भएको चाहनुहुन्छ। (भजन १८:२५, NRV) वैवाहिक जीवनमा एकअर्काप्रति वफादार हुनु एकदमै महत्त्वपूर्ण छ। वफादारी छैन भने एकअर्कालाई भरोसा गर्न सकिंदैन। अनि भरोसा नै छैन भने दुईबीचको माया पनि सेलाउँदै जान्छ।

आज थुप्रै पति/पत्नी आफ्नो जीवनसाथीप्रति वफादार छैनन्‌। वैवाहिक सम्बन्ध जोगाउने हो भने तपाईंले दुईवटा कुरा गर्नै पर्छ।

१ अरू कुरालाई भन्दा जीवनसाथीलाई महत्त्वपूर्ण ठान्‍नुहोस्‌

बाइबल के भन्छ? “अझ महत्त्वपूर्ण कुराहरू . . . पक्का” गर्नुहोस्‌। (फिलिप्पी १:१०) तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति तपाईंको जीवनसाथी हो। त्यसैले अरू कुरालाई भन्दा तिनलाई महत्त्वपूर्ण ठान्‍नुहोस्‌।

तपाईंले जीवनसाथीलाई ध्यान दिएको अनि तिनीसँगै हाँसीखुसी जीवन बिताएको यहोवा चाहनुहुन्छ। (उपदेशक ९:९) तपाईंले तिनलाई बेवास्ता गर्नु हुँदैन। बरु एकअर्कालाई कसरी खुसी बनाउने भनेर सोच्नुपर्छ। (१ कोरिन्थी १०:२४) तपाईंलाई तिनको खाँचो छ अनि तपाईं तिनलाई अनमोल ठान्‍नुहुन्छ भनेर महसुस गराउनुहोस्‌।

यसो गरेर हेर्नुहोस्‌:

  • जीवनसाथीसित धेरै समय बिताउनुहोस्‌। सँगै समय बिताउँदा अरू कुरामा ध्यान नदिनुहोस्‌।

  • एक्लै होइन, सँगै मिलेर निर्णय गर्नुहोस्‌।

२ हृदय सुरक्षित राख्नुहोस्‌

बाइबल के भन्छ? “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।” (मत्ती ५:२८) मनमा अनैतिक कुरा खेलाउनु भनेको एक अर्थमा जीवनसाथीलाई धोका दिनु हो।

यहोवाले तपाईंलाई “आफ्नो हृदय सुरक्षित” राख्नू भन्‍नुभएको छ। (हितोपदेश ४:२३; यर्मिया १७:९) यसको लागि पहिला तपाईंले आफ्नो आँखा सुरक्षित राख्नुपर्छ। (मत्ती ५:२९, ३०) कसरी? परमेश्‍वरको वफादार सेवक अय्यूबको जस्तै सोचाइ राखेर। तिनले आफ्नी श्रीमतीबाहेक अरू स्त्रीलाई कहिल्यै कुदृष्टिले नहेर्ने वाचा बाँधे। (अय्यूब ३१:१) अश्‍लील कुरा हैर्दै नहेर्ने अठोट गर्नुहोस्‌। जीवनसाथीबाहेक अरूसित रोमान्टिक सम्बन्ध गाँस्ने कुरा सोच्दै नसोच्नुहोस्‌।

यसो गरेर हेर्नुहोस्‌:

  • तपाईं जीवनसाथीप्रति वफादार हुनुहुन्छ भन्‍ने कुरा अरूलाई थाह दिनुहोस्‌।

  • तपाईं अरूसित नजिक भएको तपाईंको जीवनसाथीलाई मन पर्दैन भने तुरुन्तै त्यस्तो सम्बन्ध तोड्‌नुहोस्‌।

आफ्नो भूमिका निभाउनुहोस्‌

आफैसित इमानदार हुनुहोस्‌ र आफूमा के-कस्तो कमीकमजोरी छ, थाह पाउनुहोस्‌। (भजन १५:२) आफ्नो कमीकमजोरी सुधार्न अरूसित मदत माग्नुहोस्‌; लाज नमान्‍नुहोस्‌। (हितोपदेश १:५) मनमा नचाहिंदो कुरा खेल्यो भने त्यसलाई मनबाट हटाउन अथक प्रयास गर्नुहोस्‌। लत्तो नछोड्‌नुहोस्‌। (हितोपदेश २४:१६) जीवनसाथीप्रति वफादार हुनुभयो भने यहोवाले आशिष्‌ दिनुहुनेछ।

आफैलाई सोध्नुहोस्‌ . . .

  • आफ्नो श्रीमान्‌/श्रीमतीसित धेरै समय बिताउन म के गर्न सक्छु?

  • के तिनी मेरो सबैभन्दा मिल्ने साथी हुन्‌?

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने