प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

आइतबार, जून २९

यहोवा कोमल स्नेहले भरिपूर्ण हुनुहुन्छ।​—याकु. ५:११.

के तपाईँले कहिल्यै यहोवा कस्तो हुनुहुन्छ भनेर सोच्नुभएको छ? हुनत यहोवा अदृश्‍य हुनुहुन्छ तर बाइबलमा उहाँलाई विभिन्‍न तरिकामा वर्णन गरिएको छ। जस्तै: यहोवा ‘सूर्य र ढाल हुनुहुन्छ’ अनि “भस्म गर्ने आगो” हुनुहुन्छ भनिएको छ। (भज. ८४:११; हिब्रू १२:२९) उहाँको उपस्थितिलाई बहुमूल्य रत्न नीलम, चम्किलो धातु र मनमोहक इन्द्रेनीसित तुलना गरिएको छ। (इज. १:२६-२८) हामी यहोवालाई देख्न सक्दैनौँ। त्यसैले उहाँ हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्न गाह्रो लाग्न सक्छ। कसै-कसैलाई विगतका तीता अनुभवहरूले गर्दा यहोवा तिनीहरूलाई कहिल्यै माया गर्नुहुन्‍न जस्तो लाग्न सक्छ। यहोवा त्यस्ता भावनाहरू र हामीलाई उहाँसित नजिक हुन गाह्रो लाग्नुका कारणहरू बुझ्नुहुन्छ। त्यसैले हामीलाई मदत गर्न उहाँले बाइबलमा आफ्ना मनमोहक गुणहरू प्रकट गर्नुभएको छ। यहोवाको व्यक्‍तित्वलाई सबैभन्दा राम्ररी वर्णन गर्ने एउटा शब्द हो, प्रेम। बाइबलमा “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनिएको छ। (१ युह. ४:८) उहाँ हरेक कामकुरा प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। परमेश्‍वरको प्रेम यत्ति गहिरो र सशक्‍त छ कि उहाँ आफूलाई प्रेम नगर्नेहरूलाई समेत प्रेम गर्नुहुन्छ।—मत्ति ५:४४, ४५. w२४.०१ पृ. २६ अनु. १-३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

सोमबार, जून ३०

उहाँ तिनीहरूसित बादलको खामोबाट बोल्नुहुन्थ्यो।​—भज. ९९:७.

इस्राएलीहरूले मिश्रको दासत्वबाट छुटकारा पाएपछि तिनीहरूलाई डोऱ्‍याउन यहोवाले मोसालाई नियुक्‍त गर्नुभयो। उहाँले मोसामार्फत इस्राएलीहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट पार्न दृश्‍य प्रमाणहरूको रूपमा दिनमा बादलको खामो र रातमा आगोको खामो दिनुभयो। (प्रस्थ. १३:२१) त्यस खामोको पछिपछि लाग्दै मोसा र इस्राएलीहरू लाल समुद्रमा पुगे। त्यतिबेला मिश्रीहरूले इस्राएलीहरूलाई खेदिरहेका थिए। अगाडि विशाल समुद्र अनि पछाडि विशाल सेना! उम्कने कुनै बाटो नै छैन जस्तो लागेकोले तिनीहरू निकै आत्तिए। यहोवाले जानीबुझीकनै मोसामार्फत तिनीहरूलाई त्यहाँ डोऱ्‍याउनुभएको थियो। (प्रस्थ. १४:२) त्यसपछि उहाँले तिनीहरूलाई अचम्मलाग्दो तरिकामा छुटकारा दिनुभयो। (प्रस्थ. १४:२६-२८) त्यसको ४० वर्षपछिसम्म पनि मोसा इस्राएलीहरूलाई निर्जनभूमिमा डोऱ्‍याउन बादलको खामोमा भर परे। (प्रस्थ. ३३:७, ९, १०) त्यही खामोबाट यहोवा मोसासित बोल्नुहुन्थ्यो र उहाँबाट पाएको निर्देशन मोसा इस्राएलीहरूलाई सुनाउँथे। इस्राएलीहरूलाई डोऱ्‍याउन यहोवाले मोसालाई प्रयोग गरिरहनुभएको छ भन्‍ने कुराको स्पष्ट प्रमाण तिनीहरूकै आँखाअगाडि थियो। w२४.०२ पृ. २१ अनु. ४-५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

मङ्‌गलबार, जुलाई १

उहाँ सारा देशभरि असल काम गर्दै र . . . निको पार्दै हिँड्‌नुभयो।​—प्रेषि. १०:३८.

येसुले भन्‍नुभएका र गर्नुभएका सबै कुरामा आफ्नो बुबाको सोचाइ र भावना हुबहु झल्काउनुभयो। (युह. १४:९) उहाँले गर्नुभएका कुराहरूमा चमत्कारहरू पनि समावेश छन्‌। ती चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ? येसु र उहाँको बुबा हामीलाई गहिरो प्रेम गर्नुहुन्छ। पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरूको दुःख हटाउन आफ्नो शक्‍ति प्रयोग गरेर प्रेम गरेको देखाउनुभयो। एकचोटि दुई जना अन्धाले उहाँलाई मदतको लागि पुकारे। (मत्ति २०:३०-३४) येसु तिनीहरूको दुःख देखेर ‘टिठाउनुभयो’ र तिनीहरूलाई निको पार्नुभयो। ‘टिठाउनु’ भनेर अनुवाद गरिएको ग्रीक क्रियापदले हृदयको गहिराइबाट आउने भावनालाई बुझाउँछ। यस्तो भावना प्रेमको अभिव्यक्‍ति हो र यसले येसुलाई भोकाहरूलाई खुवाउन र कुष्ठरोगीलाई निको पार्न उत्प्रेरित गऱ्‍यो। (मत्ति १५:३२; मर्कु. १:४१) “कोमल करुणाको” परमेश्‍वर यहोवा र उहाँको छोरा हामीलाई गहिरो प्रेम गर्नुहुन्छ अनि हाम्रो दुःख देख्दा उहाँहरूलाई पनि दुःख लाग्छ। (लुका १:७८; १ पत्रु. ५:७) हो, उहाँहरू मानिसहरूलाई पिरोलिरहेको दुःख हटाउन धेरै इच्छुक हुनुहुन्छ! w२३.०४ पृ. ३ अनु. ४-५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने