प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

मङ्‌गलबार, सेप्टेम्बर २

पवित्र शक्‍तिले सबै कुरा, परमेश्‍वरका गहिरा कुराहरूसमेत खोजतलास गर्छ।​—१ कोरि. २:१०.

यदि तपाईँ ठूलो मण्डलीमा हुनुहुन्छ अनि धेरै चोटि हात उठाए पनि मौका नपाउनुभएको महसुस हुँदा हात नउठाऔँ जस्तो लाग्न सक्छ। तर टिप्पणी दिने कोसिस गरिरहनुहोस्‌। प्रत्येक सभाको लागि एउटाभन्दा धेरै टिप्पणी तयार पार्नुहोस्‌। छलफलको सुरुतिर टिप्पणी दिने मौका पाउनुभएन भने बीचतिर वा अन्ततिर मौका पाउन सक्नुहुन्छ। प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्दा प्रत्येक अनुच्छेद मूल विषयसित कसरी सम्बन्धित छ, विचार गर्नुहोस्‌। यसो गर्दा तपाईँले छलफलको अवधिभर कुनै न कुनै राम्रो टिप्पणी दिन सक्नुहुनेछ। साथै बाइबलका गहिरा कुराहरू छलफल गरिएका अनुच्छेदहरूबाट टिप्पणी तयारी गर्न सक्नुहुन्छ। किन? यस्ता अनुच्छेदहरूमा थोरै मात्र हात उठ्‌न सक्छन्‌। तर तपाईँले दुई/तीन वटा सभामा लगातार एक चोटि पनि मौका पाउनुभएन भने नि? तपाईँ सभाअघि सञ्चालकलाई भेटेर कुन अनुच्छेदमा जवाफ दिन चाहनुहुन्छ भनेर बताउन सक्नुहुन्छ। w२३.०४ पृ. २१-२२ अनु. ९-१०

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बुधबार, सेप्टेम्बर ३

युसुफले . . . यहोवा परमेश्‍वरको स्वर्गदूतले भनेझैँ आफ्नी पत्नीलाई घरमा ल्याए।​—मत्ति १:२४.

युसुफले राजीखुसीले यहोवाको निर्देशन पालन गरे, जसले तिनलाई असल पति हुन मदत गऱ्‍यो। तिनले परिवारको सन्दर्भमा परमेश्‍वरबाट निर्देशनहरू पाए। प्रत्येक चोटि ठूलै परिवर्तन गर्नुपरे तापनि तिनले तुरुन्तै ती निर्देशन पालन गरे। (मत्ति १:२०; २:१३-१५, १९-२१) परमेश्‍वरको निर्देशन पालन गर्दै युसुफले मरियमलाई सुरक्षा दिए, साथ दिए र उनको ख्याल राखे। युसुफको यस्तो मायालु व्यवहारले मरियमलाई आफ्नो पतिको अझ धेरै आदर गर्न र तिनलाई प्रेम गर्न मदत गरेको हुनुपर्छ। पतिहरू हो, परिवारको ख्याल राख्ने सन्दर्भमा बाइबलआधारित सल्लाह लागू गरेर युसुफको अनुकरण गर्नुहोस्‌। बाइबलको सल्लाह लागू गर्न ठूलो परिवर्तन गर्नुपर्ने हुन सक्छ। तर यसो गर्दा तपाईँले आफ्नी पत्नीलाई प्रेम गरिरहनुभएको हुनेछ र यसले तपाईँको वैवाहिक सम्बन्ध बलियो बनाउनेछ। विवाह गरेको २० वर्षभन्दा धेरै भइसकेको भानुआटुकी एक बहिनी यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ले यहोवाको निर्देशन पालन गर्नुभएकोले मैले उहाँलाई अझ धेरै आदर गर्न सकेकी छु। म सुरक्षित महसुस गर्छु र उहाँले गर्नुभएका निर्णयहरूलाई मैले विश्‍वस्त भएर समर्थन गर्न सकेकी छु।” w२३.०५ पृ. २१ अनु. ५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बिहीबार, सेप्टेम्बर ४

त्यहाँ एउटा मूलबाटो हुनेछ; त्यसलाई पवित्र मार्ग भनिनेछ।​—यसै. ३५:८.

बेबिलोनबाट मातृभूमि फर्कने यहुदीहरू परमेश्‍वरको निम्ति “एक पवित्र जाति” हुनुपर्थ्यो। (व्यव. ७:६) तर यसको मतलब तिनीहरूले यहोवालाई खुसी तुल्याउन कुनै परिवर्तन नै गर्नुपर्दैन भन्‍ने त होइन। धेरैजसो यहुदीको जन्म बेबिलोनमा भएको थियो। तिनीहरूको सोचाइ अनि मूल्यमान्यता धेरै हदसम्म बेबिलोनीहरूको जस्तै भइसकेको हुनुपर्छ। यहुदीहरूको पहिलो समूह इस्राएलमा फर्केको ६९ वर्षपछि इस्राएलमै जन्मेका सन्तानले यहुदी भाषा बोल्न समेत नसिकेको कुरा थाह पाउँदा त राज्यपाल नहेम्याह तीनछक परे। (व्यव. ६:६, ७; नहे. १३:२३, २४) परमेश्‍वरको वचन मुख्यतः हिब्रू भाषामा लेखिएको थियो। ती केटाकेटीले हिब्रू भाषा नै बुझ्दैनथे भने तिनीहरूले कसरी यहोवालाई प्रेम गर्न र उहाँको उपासना गर्न सिक्न सक्थे र? (एज्रा १०:३, ४४) त्यसैले ती यहुदीहरूले ठूला परिवर्तनहरू गर्नुपर्थ्यो। यसो गर्न इस्राएलमा तिनीहरूलाई अझै सजिलो हुने थियो किनभने त्यहाँ शुद्ध उपासना क्रमिक रूपमा पुनर्स्थापित हुँदै थियो।—नहे. ८:८, ९. w२३.०५ पृ. १५ अनु. ६-७

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने