प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
घोषणा
नयाँ उपलब्ध भाषा: Romany (Meçkar)
  • आज

आइतबार, सेप्टेम्बर ७

जब तिनी सानै थिए—आफ्ना पुर्खा दाउदका परमेश्‍वरको खोजी गर्न थाले।​—२ इति. ३४:३.

यहोवाको खोजी गर्न थाल्दा राजा योसियाह १६ वर्षका थिए। तिनी यहोवा र उहाँको इच्छाबारे सिक्न चाहन्थे। तर यी जवान राजाको जीवन सजिलो भने थिएन। त्यतिबेला थुप्रै मानिस झूटो देवीदेवताको उपासना गर्थे। त्यसैले तिनीहरूलाई रोक्न योसियाह साहसी हुनुपर्थ्यो। अनि तिनले साँच्चै साहस देखाए! बीस वर्ष नपुग्दै तिनले यहुदा र यरुसलेमबाट झूटो उपासना हटाउन थाले। (२ इति. ३४:१, २) तपाईँ कलिलै उमेरको हुनुहुन्छ भने पनि योसियाहले जस्तै यहोवा र उहाँका गुणहरूबारे अझ धेरै सिक्ने छनौट गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईँ आफ्नो जीवन उहाँलाई समर्पण गर्न उत्प्रेरित हुनुहुनेछ। समर्पण गरेपछि तपाईँले कसरी जीवन बिताउनुपर्छ? लुक भाइले १४ वर्षको उमेरमा बप्तिस्मा गरे। तिनले यहोवालाई आफ्नो जीवन समर्पण गरेको दिन यसो भने: “अबदेखि म यहोवाको सेवालाई पहिलो स्थान दिन्छु र उहाँलाई खुसी बनाउने कोसिस गर्छु।” (मर्कु. १२:३०) तपाईँ पनि यस्तै गर्न इच्छुक हुनुभयो भने त्यो तपाईँको लागि आशिष्‌ साबित हुनेछ! w२३.०९ पृ. ११ अनु. १२-१३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

सोमबार, सेप्टेम्बर ८

जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन्‌ . . . तिनीहरूको आदर गर।​—१ थिस्स. ५:१२.

प्रेषित पावलले यो पत्र लेख्दा थिस्सलोनिकी मण्डली स्थापना भएको एक वर्ष पनि भएको थिएन। सायद त्यस मण्डलीका नियुक्‍त पुरुषहरू कम अनुभवी थिए र तिनीहरूले गल्तीहरू पनि गरे होलान्‌। तैपनि तिनीहरू आदर पाउन योग्य थिए। महासङ्‌कष्ट नजिकिँदै जाँदा हामी निर्देशनहरूको लागि एल्डरहरूमा अझ धेरै भर पर्नुपर्ने हुन सक्छ। त्यतिबेला मुख्यालय र शाखा कार्यालयसित हाम्रो सम्पर्क टुट्‌न सक्छ। त्यसैले अहिल्यैदेखि एल्डरहरूलाई प्रेम र आदर गर्न सिक्नु जरुरी छ। जस्तोसुकै अवस्थामा पनि सचेत रहौँ र तिनीहरूको कमीकमजोरीमा होइन बरु यहोवाले यी वफादार पुरुषहरूलाई ख्रिष्टमार्फत डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरामा ध्यान देऔँ। टोपले सिपाहीको टाउकोलाई जोगाएजस्तै उद्धारको आशाले हाम्रो सोचाइलाई जोगाउँछ। हामी संसारले दिने कुरालाई रद्दी ठान्छौँ। (फिलि. ३:८) हाम्रो आशाले हामीलाई शान्त रहन मदत गर्छ। w२३.०६ पृ. ११-१२ अनु. ११-१२

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

मङ्‌गलबार, सेप्टेम्बर ९

मूर्ख आइमाई बकबक गर्छे, ऊ अज्ञानी हुन्छे।​—हितो. ९:१३.

“मूर्ख आइमाई”-को कुरा सुन्‍नेहरूले एउटा छनौट गर्नुपर्छ: उसको निम्तो स्विकार्ने कि नस्विकार्ने? हामीसित अवैध यौनसम्बन्धदेखि अलग रहनुपर्ने ठोस कारणहरू छन्‌। “मूर्ख आइमाई” यसो भन्छे: “चोरेको पानी मीठो हुन्छ।” (हितो. ९:१७) “चोरेको पानी” के हो? बाइबलमा विवाहित दम्पतीबीच हुने यौनसम्बन्धलाई मुहानको स्वच्छ पानीसँग तुलना गरिएको छ। (हितो. ५:१५-१८) कानुनी रूपमा विवाह गरेको पतिपत्नीले यौनसम्बन्धको आनन्द उठाउन सक्छन्‌। तर “चोरेको पानी”-को सन्दर्भमा भने कुरा फरक छ। त्यस्तो पानीले अवैध यौनसम्बन्धलाई बुझाउन सक्छ। चोरले कसैले नदेख्नेगरि चोरेजस्तै यस्तो सम्बन्ध राख्नेहरूले आफ्नो कुकर्म अरूबाट लुकाउन खोज्छन्‌। आफ्नो कुर्कम कसैले थाह पाउन सक्दैन जस्तो लागेकोले तिनीहरूलाई “चोरेको पानी” मीठो लाग्न सक्छ। तर वास्तवमा तिनीहरूले आफैलाई झुक्क्याइरहेका हुन्छन्‌ किनकि यहोवा सबै कुरा देख्नुहुन्छ। उहाँको अनुमोदन गुमाउनुजस्तो तीतो अनुभव अरू कुनै हुन सक्दैन। यो कुनै हालतमा “मीठो” अनुभव हुन सक्दैन।—१ कोरि. ६:९, १०. w२३.०६ पृ. २२ अनु. ७-९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने