प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हाग्गै २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

हाग्गै विषयवस्तु

      • दोस्रो मन्दिर महिमाले भरिनेछ (१-९)

        • सबै जातिलाई हल्लाइनेछ (७)

        • सबै जातिका अनमोल थोकहरू ओइरिनेछन्‌ (७)

      • मन्दिरको पुनर्निर्माणले आशिष्‌ ल्याउनेछ (१०-१९)

        • पवित्र चिजले छुँदैमा पवित्र हुँदैन (१०-१४)

      • यरुबाबेलको लागि सन्देश (२०-२३)

        • “म तिमीलाई छापऔँठीजस्तै बनाउनेछु” (२३)

हाग्गै २:१

मार्जिनल रेफरेन्स

  • +एज्रा ५:१; ६:१४

हाग्गै २:२

मार्जिनल रेफरेन्स

  • +एज्रा १:८
  • +१इ ३:१७-१९; जक ४:९
  • +१इ ६:१५
  • +जक ३:८; ६:११

हाग्गै २:३

फुटनोट

  • *

    वा “मन्दिर।”

मार्जिनल रेफरेन्स

  • +१रा ६:१; एज्रा ३:१२
  • +जक ४:१०

हाग्गै २:४

मार्जिनल रेफरेन्स

  • +जक ८:९
  • +प्रस्थ ३:१२; यसै ४३:२; रोमी ८:३१

हाग्गै २:५

फुटनोट

  • *

    वा “इजिप्टबाट।”

  • *

    वा सम्भवतः “अनि मेरो शक्‍ति तिमीहरूमाझ खडा थियो।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:४५; ३४:१०
  • +जक ४:६
  • +यसै ४१:१०; जक ८:१३

हाग्गै २:६

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:२६, २७

हाग्गै २:७

फुटनोट

  • *

    वा “असल-असल।”

मार्जिनल रेफरेन्स

  • +यसै २:२; ६०:५, ११
  • +प्रस्थ ४०:३५; १रा ८:११; यसै ६६:१२

हाग्गै २:९

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१३
  • +भज ८५:८; यसै २:४; ६०:१७, १८; जक ८:१२

हाग्गै २:१०

मार्जिनल रेफरेन्स

  • +हाग्गै १:१

हाग्गै २:११

मार्जिनल रेफरेन्स

  • +मला २:७

हाग्गै २:१३

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी ७:२१; गन ५:२, ३; ९:६; १९:११; ३१:१९

हाग्गै २:१५

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:१०; जक ४:९

हाग्गै २:१६

मार्जिनल रेफरेन्स

  • +हाग्गै १:६; जक ८:१०

हाग्गै २:१७

मार्जिनल रेफरेन्स

  • +व्य २८:२२

हाग्गै २:१८

मार्जिनल रेफरेन्स

  • +एज्रा ५:२; जक ८:९

हाग्गै २:१९

फुटनोट

  • *

    वा “अन्‍न राख्ने खाडलमा।”

मार्जिनल रेफरेन्स

  • +हाग्गै १:६
  • +हित ३:९, १०; जक ८:१२

हाग्गै २:२०

मार्जिनल रेफरेन्स

  • +हाग्गै २:१०

हाग्गै २:२१

मार्जिनल रेफरेन्स

  • +हाग्गै २:६; हिब्रू १२:२६, २७

हाग्गै २:२२

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१२; दा २:४४; सप ३:८
  • +न्या ७:२२

हाग्गै २:२३

मार्जिनल रेफरेन्स

  • +मत्ति १:१२
  • +एज्रा ३:८

अरू

हाग्गै २:१एज्रा ५:१; ६:१४
हाग्गै २:२एज्रा १:८
हाग्गै २:२१इ ३:१७-१९; जक ४:९
हाग्गै २:२१इ ६:१५
हाग्गै २:२जक ३:८; ६:११
हाग्गै २:३१रा ६:१; एज्रा ३:१२
हाग्गै २:३जक ४:१०
हाग्गै २:४जक ८:९
हाग्गै २:४प्रस्थ ३:१२; यसै ४३:२; रोमी ८:३१
हाग्गै २:५प्रस्थ २९:४५; ३४:१०
हाग्गै २:५जक ४:६
हाग्गै २:५यसै ४१:१०; जक ८:१३
हाग्गै २:६हिब्रू १२:२६, २७
हाग्गै २:७यसै २:२; ६०:५, ११
हाग्गै २:७प्रस्थ ४०:३५; १रा ८:११; यसै ६६:१२
हाग्गै २:९यसै ६०:१३
हाग्गै २:९भज ८५:८; यसै २:४; ६०:१७, १८; जक ८:१२
हाग्गै २:१०हाग्गै १:१
हाग्गै २:११मला २:७
हाग्गै २:१३लेवी ७:२१; गन ५:२, ३; ९:६; १९:११; ३१:१९
हाग्गै २:१५एज्रा ३:१०; जक ४:९
हाग्गै २:१६हाग्गै १:६; जक ८:१०
हाग्गै २:१७व्य २८:२२
हाग्गै २:१८एज्रा ५:२; जक ८:९
हाग्गै २:१९हाग्गै १:६
हाग्गै २:१९हित ३:९, १०; जक ८:१२
हाग्गै २:२०हाग्गै २:१०
हाग्गै २:२१हाग्गै २:६; हिब्रू १२:२६, २७
हाग्गै २:२२यसै ६०:१२; दा २:४४; सप ३:८
हाग्गै २:२२न्या ७:२२
हाग्गै २:२३मत्ति १:१२
हाग्गै २:२३एज्रा ३:८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
हाग्गै २:१-२३

हाग्गै

२ सातौँ महिनाको २१ औँ दिनमा भविष्यवक्‍ता हाग्गैमार्फत+ यहोवा परमेश्‍वरको यो वचन आयो: २ “सालतिएलका छोरा यहुदाका राज्यपाल+ यरुबाबेललाई,+ यहोजादाकका+ छोरा प्रधानपुजारी यहोसुलाई+ अनि बाँकी सबै मानिसलाई सोध: ३ ‘यो भवन* पहिला कत्ति भव्य थियो, तिमीहरूमध्ये कसले देखेका थियौ?+ यो अहिले कस्तो देखिन्छ? के तिमीहरूलाई लाग्दैन, पहिलेको तुलनामा अहिले त केही पनि छैन?’+

४ “यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘तर हे यरुबाबेल, तिमी अब हिम्मत गर अनि हे यहोजादाकका छोरा प्रधानपुजारी यहोसु, तिमी पनि हिम्मत गर।’

“‘अनि देशका मानिसहरू हो, तिमीहरू सबै हिम्मत गर,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘अनि काममा लाग।’

“‘म तिमीहरूको साथमा छु,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ। ५ ‘तिमीहरू मिश्रबाट* निस्केर आउँदा मैले के प्रतिज्ञा गरेको थिएँ, सम्झ।+ अनि मेरो शक्‍ति तिमीहरूसित छँदै छ।*+ तिमीहरू नडराओ।’”+

६ “त्यसैले सेनाहरूका यहोवा भन्‍नुहुन्छ, ‘केही बेरपछि म आकाश र पृथ्वीलाई अनि समुद्र र सुक्खा जमिनलाई फेरि एक पटक हल्लाउनेछु।’+

७ “‘म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल* थोकहरू मेरो भवनमा ओइरिनेछन्‌+ अनि म मेरो भवनलाई महिमाले भर्नेछु,’+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

८ “‘चाँदी मेरो हो अनि सुन पनि मेरै हो,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

९ “‘यो भवनको महिमा पहिलाको भन्दा झन्‌ धेरै हुनेछ,’+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

“‘अनि यस ठाउँमा शान्ति छाउनेछ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”

१० राजा दाराको शासनकालको दोस्रो वर्षको नवौँ महिनाको २४ औँ दिनमा भविष्यवक्‍ता हाग्गैकहाँ यहोवा परमेश्‍वरको यो वचन आयो:+ ११ “सेनाहरूका यहोवा यस्तो आग्रह गर्नुहुन्छ, ‘पुजारीहरूलाई व्यवस्थाबारे यो कुरा सोध:+ १२ “यदि कुनै मानिसले पवित्र मासुको चोक्टा आफ्नो पोल्टामा हाल्यो अनि उसको लुगाले रोटी कि सुरुवा कि मद्य कि तेल कि त कुनै खानेकुरालाई छोयो भने के त्यो चिज पवित्र हुन्छ र?”’”

पुजारीहरूले यस्तो जवाफ दिए: “अहँ, हुँदैन!”

१३ त्यसपछि हाग्गैले फेरि सोधे: “यदि कुनै मानिस लास* छोएर अशुद्ध भएको छ अनि उसले तीमध्ये कुनै कुरालाई छोयो भने के त्यो अशुद्ध हुँदैन र?”+

पुजारीहरूले यस्तो जवाफ दिए: “अँ, अशुद्ध हुन्छ!”

१४ तब हाग्गैले भने: “यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘मेरो नजरमा यी मानिसहरू र यो राष्ट्र त्यस्तै छन्‌। अनि तिनीहरूका हातका सबै काम पनि त्यस्तै छन्‌; तिनीहरूले त्यहाँ जे-जे चढाउँछन्‌, ती सबै अशुद्ध छन्‌।’

१५ “‘तर आजदेखि तिमीहरू यो कुरा राम्ररी विचार गर भनी आग्रह गर्छु: यहोवाको मन्दिर फेरि बनाउन थाल्नुअघि+ १६ तिमीहरूको हालत कस्तो थियो? जब कोही २० भाँडा अन्‍न पाउँला भनी अन्‍न थुपारिएको ठाउँमा जान्थ्यो, तब उसले १० भाँडा मात्र पाउँथ्यो अनि जब कोही ५० भाँडा मद्य पाउँला भनी कोलमा जान्थ्यो, तब उसले २० भाँडा मात्र पाउँथ्यो।+ १७ मैले तिमीहरूलाई प्रहार गरेँ; लु चलाएर, ढुसी लगाएर+ अनि असिना बर्साएर मैले तिमीहरूको हातका सबै कामलाई प्रहार गरेँ तैपनि तिमीहरूमध्ये कोही पनि मकहाँ फर्केनौ,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।

१८ “‘आजदेखि यो कुरा राम्ररी विचार गर, हो, नवौँ महिनाको २४ औँ दिनदेखि, यहोवाको मन्दिरको जग बसालिएको दिनदेखि+ तिमीहरू यो कुरा राम्ररी विचार गर: १९ के भण्डारमा* बिउ अझै बाँकी छ?+ के अङ्‌गुर, अन्जिर, अनार र जैतुनको बोटमा फल लागेको छ र? तर आजदेखि म तिमीहरूमाथि आशिष्‌ बर्साउनेछु।’”+

२० नवौँ महिनाकै २४ औँ दिनमा भविष्यवक्‍ता हाग्गैकहाँ दोस्रो पटक यहोवा परमेश्‍वरको यो वचन आयो:+ २१ “यहुदाका राज्यपाल यरुबाबेललाई यसो भन, ‘म आकाश र पृथ्वीलाई हल्लाउनेछु।+ २२ म राष्ट्रहरूको सिंहासन पल्टाइदिनेछु अनि जातिजातिका राज्यहरूको शक्‍ति नाश गरिदिनेछु;+ म तिनीहरूका रथहरू र त्यसमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोडाहरूलाई तरबारले ढालिनेछ र घोडचढीहरूलाई उनीहरूकै दाजुभाइले तरबारले काट्‌नेछन्‌।’”+

२३ “‘त्यस दिन,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘हे सालतिएलको छोरा, मेरो दास यरुबाबेल,+ म तिमीलाई बोलाउनेछु,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीलाई छापऔँठीजस्तै बनाउनेछु किनकि मैले रोजेको मानिस तिमी नै हौ,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने