प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff १५:१-६
  • येसु को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु को हुनुहुन्छ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येसु कस्तो व्यक्‍ति हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • पृथ्वीमा हुनुहुँदा येसुले के गर्नुभयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff १५:१-६
पाठ १५. येसु खेतमा हिँड्‌दै हुनुहुन्छ।

पाठ १५

येसु को हुनुहुन्छ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

येसु इतिहासकै सबैभन्दा प्रख्यात व्यक्‍तिहरूमध्ये एक हुनुहुन्छ। थुप्रैलाई येसुको नाम थाह छ तर तिनीहरूलाई उहाँबारे धेरै कुरा थाह छैन। उहाँ वास्तवमा को हुनुहुन्छ भन्‍ने विषयमा थुप्रैको आ-आफ्नै धारणा छ। उहाँबारे बाइबलले चाहिँ के भन्छ?

१. येसु को हुनुहुन्छ?

येसु स्वर्गमा बस्ने शक्‍तिशाली अदृश्‍य व्यक्‍ति हुनुहुन्छ। यहोवा परमेश्‍वरले सबैभन्दा पहिला उहाँलाई सृष्टि गर्नुभयो। त्यसैकारण उहाँलाई “सारा सृष्टिको पहिलो सन्तान” भनिन्छ। (कलस्सी १:१५) बाइबलमा येसुलाई परमेश्‍वरको “एक मात्र छोरा” भनिएको छ किनभने यहोवा आफैले सृष्टि गर्नुभएको व्यक्‍ति येसु मात्र हुनुहुन्छ। (युहन्‍ना ३:१६) येसुले आफ्नो बुबा यहोवाको छेवैमा रहेर अरू सबै थोक सृष्टि गर्न बुबालाई सघाउनुभयो। (हितोपदेश ८:३० पढ्‌नुहोस्‌।) येसु र यहोवाबीचको घनिष्ठ सम्बन्ध अहिलेसम्म कायमै छ। येसु “वचन” अर्थात्‌ प्रवक्‍ताको रूपमा वफादार भई परमेश्‍वरको सेवा गर्नुहुन्छ; मतलब, उहाँ परमेश्‍वरको सन्देश र निर्देशन अरूकहाँ पुऱ्‍याउनुहुन्छ।—युहन्‍ना १:१४.

२. येसु किन पृथ्वीमा आउनुभयो?

लगभग २ हजार वर्षअघि यहोवाले आफ्नो पवित्र शक्‍ति चलाएर चमत्कारपूर्ण ढङ्‌गमा स्वर्गमा हुनुभएको येसुको जीवन मरियम नामकी कन्याको गर्भमा सार्नुभयो। यसरी येसु मानिसको रूपमा जन्मनुभयो। (लुका १:३४, ३५ पढ्‌नुहोस्‌।) यहोवाले येसुलाई प्रतिज्ञा गरिएको मसीह अर्थात्‌ ख्रिष्ट बन्‍न र मानिसजातिको उद्धार गर्न पृथ्वीमा पठाउनुभयो।a बाइबलमा मसीहबारे गरिएका सबै भविष्यवाणी येसुमा पूरा भए। यसले गर्दा मानिसहरूले येसु नै “जीवित परमेश्‍वरका छोरा, ख्रिष्ट हुनुहुन्छ” भनेर चिन्‍न सके।—मत्ति १६:१६.

३. येसु अहिले कहाँ हुनुहुन्छ?

येसुको मानव जीवनको अन्त भएपछि परमेश्‍वरले उहाँलाई अदृश्‍य व्यक्‍तिको रूपमा फेरि जीवित पार्नुभयो। त्यसपछि येसु स्वर्ग फर्कनुभयो। स्वर्गमा “परमेश्‍वरले उहाँलाई अझ उच्च पद दिनुभयो।” (फिलिप्पी २:९) अहिले येसुले ठूलो अख्तियार पाउनुभएको छ। उहाँ यहोवापछिको दोस्रो ठूलो ओहदामा हुनुहुन्छ।

अझ खोतल्नुहोस्‌

येसु वास्तवमा को हुनुहुन्छ र उहाँबारे सिक्नु किन एकदमै महत्त्वपूर्ण छ, यसबारे थप कुरा बुझ्नुहोस्‌।

येसु र बप्तिस्मा गराउने युहन्‍ना पानीमा उभिरहनुभएको छ र येसुले बप्तिस्मा गर्नेबित्तिकै आकाशबाट आएको आवाज सुनिरहनुभएको छ।

४. येसु सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्‍न

येसु स्वर्गमा बस्नुहुने शक्‍तिशाली अदृश्‍य व्यक्‍ति हुनुभए तापनि उहाँ आफ्नो परमेश्‍वर र बुबा यहोवाको अधीनमा बस्नुहुन्छ भनेर बाइबलले सिकाउँछ। हामी किन त्यसो भन्‍न सक्छौँ? सर्वशक्‍तिमान्‌ परमेश्‍वरभन्दा येसु कुन-कुन तरिकामा फरक हुनुहुन्छ भन्‍ने विषयमा बाइबलले सिकाउने कुरा बुझ्न भिडियो हेर्नुहोस्‌।

भिडियो: के येसु ख्रिष्ट परमेश्‍वर हुनुहुन्छ? (३:२२)

यी बाइबल पदहरूले यहोवा र येसुबीचको सम्बन्ध बुझ्न मदत गर्छ। प्रत्येक बाइबल पद पढ्‌नुहोस्‌। त्यसपछि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

लुका १:३०-३२ पढ्‌नुहोस्‌।

  • स्वर्गदूतले भनेको कुराबाट येसु र “सर्वोच्च परमेश्‍वर” यहोवा फरक-फरक व्यक्‍ति हुनुहुन्छ भनेर कसरी प्रस्ट हुन्छ?

मत्ति ३:१६, १७ पढ्‌नुहोस्‌।

  • येसुले बप्तिस्मा गर्नुहुँदा आकाशबाट कस्तो आवाज आयो?

  • तपाईँको विचारमा त्यो आवाज कसको थियो?

युहन्‍ना १४:२८ पढ्‌नुहोस्‌।

  • बुबा र छोरामध्ये उमेरमा ठूलो को हो? कोसित धेरै अख्तियार हुन्छ?

  • येसुले यहोवालाई बुबा भन्‍नुभएको कुराबाट हामी के बुझ्न सक्छौँ?

युहन्‍ना १२:४९ पढ्‌नुहोस्‌।

  • के येसुलाई आफू र बुबा एउटै व्यक्‍ति हौँ जस्तो लाग्थ्यो? तपाईँलाई चाहिँ कस्तो लाग्छ?

५. येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित भयो

मानिसजातिको उद्धार गर्न परमेश्‍वरले रोज्नुभएको व्यक्‍ति अर्थात्‌ मसीहलाई चिन्‍न मदत गर्ने थुप्रै भविष्यवाणी बाइबलमा पाइन्छ। येसु पृथ्वीमा आउनुहुँदा उहाँले पूरा गर्नुभएका केही भविष्यवाणीबारे थाह पाउन भिडियो हेर्नुहोस्‌।

भिडियो: येसुमा भविष्यवाणी पूरा हुन्छ (३:०३)

बाइबलका यी भविष्यवाणीहरू पढ्‌नुहोस्‌। त्यसपछि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

मसीह कहाँ जन्मिनेछन्‌ भन्‍ने भविष्यवाणीबारे थाह पाउन मिका ५:२ पढ्‌नुहोस्‌।b

  • के यो भविष्यवाणी येसुको जन्म हुँदा पूरा भयो? —मत्ति २:१.

मसीहको मृत्युबारे गरिएका भविष्यवाणीहरूबारे थाह पाउन भजन ३४:२० र जकरिया १२:१० पढ्‌नुहोस्‌।

  • के यी भविष्यवाणीहरू पूरा भए? —युहन्‍ना १९:३३-३७.

  • के यी भविष्यवाणीहरू येसु आफैले पूरा गर्न सक्नुहुन्थ्यो जस्तो तपाईँलाई लाग्छ?

  • यसबाट येसुबारे कुन कुरा प्रमाणित हुन्छ जस्तो तपाईँलाई लाग्छ?

६. येसुबारे सिक्दा हाम्रै फाइदा हुन्छ

येसु र उहाँको भूमिकाबारे सिक्नु महत्त्वपूर्ण छ भनेर बाइबलले जोड दिन्छ। युहन्‍ना १४:६ र १७:३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • येसुबारे सिक्नु किन महत्त्वपूर्ण छ?

येसु पुरुष, स्त्री र केटाकेटीलाई सिकाउँदै हुनुहुन्छ।

येसुले परमेश्‍वरको साथी बन्‍ने बाटो खोलिदिनुभयो। उहाँले यहोवाबारे सत्य सिकाउनुभयो अनि उहाँद्वारा हामी अनन्त जीवन पाउन सक्छौँ

कोही-कोही भन्छन्‌: “यहोवाका साक्षीहरू येसुमा विश्‍वास गर्दैनन्‌।”

  • तपाईँ के भन्‍नुहुन्छ?

सारांश

येसु शक्‍तिशाली अदृश्‍य व्यक्‍ति हुनुहुन्छ। उहाँ परमेश्‍वरको छोरा र मसीह हुनुहुन्छ।

तपाईँले के सिक्नुभयो?

  • येसुलाई किन “सारा सृष्टिको पहिलो सन्तान” भनिन्छ?

  • येसुले पृथ्वीमा आउनुभन्दा अघि के गर्नुभयो?

  • येसु नै मसीह हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

__________
लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

मानिसहरूले जसरी छोराछोरी जन्माउँछन्‌, त्यसरी नै परमेश्‍वरले येसुलाई जन्माउनुभएको हो कि होइन भन्‍ने विषयमा बाइबलले के सिकाउँछ, थाह पाउनुहोस्‌।

“येसुलाई किन परमेश्‍वरको छोरा भनिएको हो?” (jw.org को लेख)

a मानिसजातिलाई किन उद्धारको खाँचो छ र येसुले हामीलाई कसरी उद्धार गर्नुहुनेछ भन्‍ने विषयमा पाठ २६ र २७ मा छलफल गरिनेछ।

b येसु पृथ्वीमा देखा पर्ने समयबारे गरिएको भविष्यवाणीको विषयमा थाह पाउन नोट २ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने