-
उत्पत्ति ४१:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि फारो फेरि निदाए र अर्को सपना देखे। तिनले अन्नको एउटा डाँठमा सात वटा भरिला र लहलहाउँदा बाला लागेको देखे।+ ६ त्यसपछि तिनले फोस्रा सात वटा बाला लागेको पनि देखे। ती बाला पूर्वबाट चल्ने तातो बतासले गर्दा खङ्ग्रङ्गै सुकेका थिए। ७ अनि सुकेका बालाले ती सात वटा लहलहाउँदा बालालाई निले। त्यतिकैमा फारो झल्याँस्स ब्युँझिए र त्यो त सपना पो रहेछ भनेर थाह पाए।
-