२८ मिद्यानी+ व्यापारीहरू नजिकै आइपुगेपछि दाइहरूले युसुफलाई खाडलबाट निकाले र २० टुक्रा चाँदीमा इस्माएलीहरूको हातमा बेचिदिए।+ अनि ती इस्माएलीहरूले युसुफलाई मिश्र लगे।
३५ याकुबलाई तिनका छोराछोरी सबैले सान्त्वना दिए तर पनि तिनको दुःख कम भएन। तिनले भने: “म चिहानमा* नगएसम्म+ मेरो छोराको लागि शोक मनाइरहनेछु।” यसरी युसुफलाई सम्झेर तिनी धेरै दिनसम्म रोइरहे।