प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ याकुबको राहेलसँग माया बसिसकेको थियो। त्यसैले तिनले भने: “तपाईँकी कान्छी छोरी राहेलसित मेरो बिहे गरिदिनुहुन्छ भने म सात वर्ष तपाईँकहाँ काम गर्न राजी छु।”+

  • उत्पत्ति ३०:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ आखिरमा परमेश्‍वरले राहेललाई सम्झनुभयो र तिनको बिन्ती सुनेर तिनको कोख खोलिदिनुभयो।+ २३ तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌। अनि तिनले भनिन्‌: “परमेश्‍वरले मेरो कलङ्‌क मेटाइदिनुभयो।”+ २४ त्यसैले तिनले छोराको नाम युसुफ* राखिन्‌+ अनि यसो भनिन्‌: “यहोवा परमेश्‍वरले मलाई अर्को एउटा छोरा दिनुभयो।”

  • उत्पत्ति ३५:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ राहेलले आफ्नो जीवनको अन्तिम घडीमा (किनकि तिनी मर्नै लागेकी थिइन्‌) आफ्नो छोराको नाम बेन-ओनि* राखिन्‌। तर याकुबले भने छोराको नाम बिन्यामिन*+ राखे। १९ यसरी एप्राता अर्थात्‌ बेतलेहेम+ जाने बाटोमै राहेलको मृत्यु भयो र याकुबले तिनको लास त्यहीँ गाडे।

  • उत्पत्ति ४६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ याकुबकी पत्नी राहेलपट्टिका छोराहरू युसुफ+ र बिन्यामिन+ मात्र थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने