३४ त्यसपछि याकुबले आफ्नो लुगा च्याते र कम्मरमा भाङ्ग्रा बेरे। अनि धेरै दिनसम्म शोक गरिरहे। ३५ याकुबलाई तिनका छोराछोरी सबैले सान्त्वना दिए तर पनि तिनको दुःख कम भएन। तिनले भने: “म चिहानमा* नगएसम्म+ मेरो छोराको लागि शोक मनाइरहनेछु।” यसरी युसुफलाई सम्झेर तिनी धेरै दिनसम्म रोइरहे।
३८ तर याकुबले भने: “अहँ! मेरो छोरालाई तिमीहरूले लैजान पाउनेछैनौ! उसको दाइ मरिसक्यो, अब ऊ एउटा मात्र बाँकी छ।+ तिमीहरूसँगै जाँदा बाटोमा उसलाई केही भयो भने तिमीहरूले गर्दा यो बूढो शोक गर्दागर्दै+ चिहानमा* जानेछ।”+