-
उत्पत्ति २८:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि सबैभन्दा माथि यहोवा परमेश्वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्नुभयो:
“म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+ १४ तिम्रा सन्तान बालुवाजस्तै गन्नै नसक्नेगरि धेरै हुनेछन्।+ तिम्रा सन्तानले पूर्व-पश्चिम, उत्तर-दक्षिण चारैतिरको इलाका ढाक्नेछन्। अनि तिमी र तिम्रा सन्तानद्वारा पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।*+
-