४ युसुफका सन्तानलाई दुई वटा कुल मानिन्थ्यो,+ मनस्सेको कुल र एप्रैमको कुल।+ लेवीहरूलाई बसोबास गर्न सहरहरू+ अनि तिनीहरूका वस्तुभाउको लागि चरन मात्र दिइयो; तिनीहरूलाई यसबाहेक अरू कुनै जग्गाजमिन दिइएन।+
५इस्राएलका पहिलो सन्तान रुबेनका+ छोराहरू यी थिए। रुबेन पहिलो सन्तान थिए तर तिनले आफ्नो बुबाको ओछ्यान बिटुलो पारेकोले+ तिनको ज्येष्ठ-अधिकार इस्राएलका अर्का छोरा युसुफका छोराहरूलाई दिइयो।+ त्यसैले तिनीहरूको परिवारको वंशावलीमा रुबेनको नाम पहिलो सन्तानको रूपमा लेखिएन।