-
गन्ती २:१८-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “पश्चिमतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व एप्रैमको कुलले लिनेछ। एप्रैमको कुलका कुलनायक अम्मिहुदका छोरा एलिसामा हुन्।+ १९ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४० हजार ५ सय थियो।+ २० एप्रैमको कुलको एकातिर मनस्सेको कुलले+ पाल टाँगोस्; मनस्सेको कुलका कुलनायक पदाजुरका छोरा गमलिएल हुन्।+ २१ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३२ हजार २ सय थियो।+
-