-
उत्पत्ति २३:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यसरी मम्रेनजिक मक्पेलामा भएको एप्रोनको जमिन, त्यहाँको ओडार, त्यहाँका रूखहरू सबै १८ अब्राहामको हुने पक्का भयो। किनकि अब्राहामले हित्तीहरू र सहरका मूलढोकामा आएका सबै मानिससामु ती सब किनेका थिए।
-
-
उत्पत्ति ४९:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ त्यसपछि तिनले छोराहरूलाई यस्तो आदेश दिए: “अब म मेरा पितापुर्खाजस्तै माटोमा मिल्ने बेला भइसक्यो।+ तिमीहरूले मेरो लासलाई मेरा पुर्खाहरूको चिहान हित्ती एप्रोनको खेतमा भएको ओडारमा लगेर गाड्नू,+ ३० जुन मम्रेनजिकैको मक्पेलामा छ। तिमीहरूका जिजुबाजे अब्राहामले चिहान बनाउन हित्ती एप्रोनबाट त्यो जमिन किनेका थिए।
-