१३ त्यही दिन नुह आफ्नी पत्नी, आफ्ना छोराहरू सेम, हाम र यापेत+ अनि आफ्ना तीन बुहारीसित जहाजभित्र पसे।+ १४ जातजातका जङ्गली जनावर, जातजातका घरपालुवा जनावर, जमिनमा घस्रने जातजातका जीवजन्तु, आकाशमा उड्ने जातजातका चराचुरुङ्गी र जातजातका किराफट्याङ्ग्रा पनि जहाजभित्र गए।