१८ तब अब्रामले ठाउँठाउँमा पाल सार्दै आफ्नो यात्रा अघि बढाए। पछि तिनी हेब्रोनको+ मम्रेमा+ बस्न थाले, जहाँ ठूलठूला रूखहरू थिए। तिनले त्यहाँ यहोवा परमेश्वरको लागि वेदी बनाए।+
१३ अनि उम्केर आएका एक जना व्यक्तिले हिब्रू अब्रामलाई सबै कुरा बताइदिए। त्यतिबेला अब्राम मम्रे नामको एमोरी मानिसकहाँ ठूलठूला रूखहरूबीच बसिरहेका* थिए।+ मम्रे, एस्कोल र अनेर दाजुभाइ थिए।+ तिनीहरू र अब्रामले एकआपसमा सन्धि गरेका थिए।