५ अनि तिनले हन्नालाई चाहिँ विशेष भाग दिए किनभने तिनी हन्नालाई असाध्यै माया गर्थे। तर यहोवा परमेश्वरले हन्नालाई सन्तान भने दिनुभएको थिएन। ६ त्यति मात्र होइन, हन्नाकी सौताले उनको दिनरात खिल्ली उडाएर उनलाई दुःख दिइरहन्थिन् किनभने यहोवा परमेश्वरले हन्नालाई सन्तान दिनुभएको थिएन।