-
अय्युब ३८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ कसले समुद्रको ढोका थुनिदियो?+
जब समुद्र गर्भबाट उर्लेर निस्कियो,
-
भजन १०४:६-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ वस्त्रले ढाकेझैँ तपाईँले त्यसलाई गहिरो पानीले ढाक्नुभयो।+
पानीले पहाडहरूलाई ढाकेको थियो।
७ तपाईँको हप्की सुनेर तिनीहरू भागे;+
तपाईँको गर्जनको आवाज सुनेपछि तिनीहरू आत्तिएर भागे
८ अनि पहाडहरू माथि उठे+ र बेँसीहरू तल झरे;
तिनीहरू तपाईँले तोक्नुभएको ठाउँमै स्थिर रहे।
९ पानीले पृथ्वीलाई फेरि कहिल्यै नढाकोस् भनेर
तपाईँले त्यसको सीमा तोक्नुभयो।+
-
-
भजन १३६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उहाँले धर्तीलाई पानीमाथि फैलाउनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
-
-
-