-
१ इतिहास २:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहुदाका छोराहरू एर, ओनान र सेलह थिए। तिनका यी तीन जना छोरालाई एउटी कनानी स्त्रीले जन्माएकी थिइन्, जो सुआकी छोरी थिइन्।+ तर यहुदाको जेठो छोरा एर यहोवा परमेश्वरको नजरमा दुष्ट थियो। त्यसैले उहाँले त्यसलाई मार्नुभयो।+ ४ यहुदाकी बुहारी तामारले+ तिनीबाट पेरेज+ र जेरहलाई जन्माइन्। यहुदाका जम्मा पाँच जना छोरा थिए।
-