-
प्रस्थान २६:७-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “साथै वासस्थानको लागि बाख्राको भुत्लाबाट कपडा बुन्नू।+ यसरी जम्मा ११ वटा कपडा बनाउनू।+ ८ प्रत्येक कपडाको लम्बाइ ३० हात र चौडाइ ४ हात होस्। ती ११ वटा कपडाको नाप एउटै होस्। ९ पाँच वटा कपडा गाँसेर सिङ्गो पाल बनाउनू अनि बाँकी छ वटा कपडा गाँसेर अर्को सिङ्गो पाल बनाउनू। छ वटा कपडा गाँसेर बनाएको पाललाई चाहिँ वासस्थानको अगिल्तिर झोलिनेगरि बिछ्याउनू। यसरी झोलिएको भागलाई चाहिँ दोबार्नू। १० तिमीले एउटा पालको किनारामा ५० वटा अनि अर्को पालको किनारामा ५० वटा मुन्द्रा बनाउनू ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्न सकून्। ११ तामाका ५० वटा खीप बनाउनू र मुन्द्रामा खीप अड्काएर पालहरूलाई आपसमा गाँस्नू। यसरी यो एउटा सिङ्गो पाल बन्नेछ।
-