-
प्रस्थान २६:२२-२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ वासस्थानको पछाडिको भाग अर्थात् पश्चिम मोहडाको लागि छ वटा चौकोस बनाउनू।+ २३ वासस्थानको पछाडिको दुई वटा कुनाको लागि दुई वटा त्रिकोस बनाउनू। २४ कुनामा राखिने ती त्रिकोसहरूको टुप्पोमा एउटा-एउटा मुन्द्रा होस्। दुवै त्रिकोस यसरी नै बनाएर वासस्थानको दुई कुनामा राख्नू। २५ यसरी पश्चिम मोहडाको लागि जम्मा आठ वटा चौकोस र चाँदीको १६ वटा चूलघर हुनेछ; हरेक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर।
-