-
प्रस्थान २५:२३-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “तिमीले बबुल काठको एउटा टेबुल+ पनि बनाउनू; त्यसको लम्बाइ दुई हात, चौडाइ एक हात र उचाइ साढे एक हात होस्।+ २४ त्यसलाई निखुर सुनले मोहोर्नू र चारैतिर सुनको बिट बनाउनू। २५ त्यस बिटको मुनि चार अङ्गुल* मोटाइ भएको घेरा बनाउनू र त्यस घेराको तलपट्टि पनि सुनको बिट बनाउनू। २६ तिमीले सुनको चार वटा मुन्द्रा पनि बनाउनू र त्यसलाई टेबुलको ती चार कुनामा राख्नू, जहाँ टेबुलका खुट्टाहरू जोडिएका हुन्छन्। २७ ती मुन्द्राहरू टेबुलको घेरामुन्तिर जडान गर्नू। टेबुल बोक्न प्रयोग गरिने डन्डीहरूलाई ती मुन्द्राहरूभित्र छिराएर अड्याउनू। २८ डन्डीहरू बबुल काठको बनाउनू र त्यसलाई सुनले मोहोर्नू अनि ती डन्डीहरूको सहायताले टेबुल बोक्नू।
-