-
प्रस्थान २५:३१-३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ “तिमीले निखुर सुनको एउटा पानस+ बनाउनू। सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाउनू।+ ३२ पानसको डन्डाबाट छ वटा हाँगा निस्केका होऊन्, दायाँतिर तीन वटा र बायाँतिर तीन वटा। ३३ एक जोडी हाँगाको एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल होऊन्। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै होऊन्। ती पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल होऊन्। त्यसैगरि अर्को दुई जोडी हाँगामा पनि एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल होऊन्। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै होऊन्। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल होऊन्। पानसको डन्डाबाट निस्केका छ वटै हाँगा यस्तै होऊन्। ३४ पानसको डन्डामा कागजी बदामको फूलको पत्रदलजस्तै चार वटा पत्रदल होऊन्। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल होऊन्। ३५ पानसको डन्डाबाट पहिलो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला, दोस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला र तेस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला होऊन्। डन्डाबाट निस्केका तीनै जोडी हाँगामुनि यस्तै होऊन्। ३६ कोपिला, हाँगा र पूरै पानस निखुर सुनको एउटै लाप्सोलाई घनले पिटेर बनाउनू।+ ३७ त्यसपछि सात वटा दियो बनाउनू। दियो बाल्दा पानसको अघिल्तिर उज्यालो होस्।+ ३८ पानसको लागि निखुर सुनको चिम्टा र सलेदोदानी* पनि बनाउनू।+ ३९ पानस र अरू सबै सरसामान एक टालेन्ट* निखुर सुनबाट बनाउनू।
-