प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २७:९-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तिमीले वासस्थानको* वरिपरि चोक बनाउनू।+ चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाउनू। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात होस्‌।+ १० पाल ठड्‌याउन २० वटा खामा र ती खामाहरू घुसाउन तामाका २० वटा चूलघर* बनाउनू। खामाका अङ्‌कुसे र जोडनीहरू* चाँदीको बनाउनू। ११ उत्तर मोहडाको पालको लम्बाइ पनि १०० हात होस्‌। त्यसको लागि २० वटा खामा र तामाका २० वटा चूलघर बनाउनू; खामाका अङ्‌कुसे र जोडनीहरू चाँदीको बनाउनू। १२ चोकको पश्‍चिम मोहडाको लागि ५० हात चौडाइ भएको एउटा पाल बनाउनू; त्यसको लागि १० वटा खामा र १० वटा चूलघर बनाउनू। १३ चोकको पूर्वी मोहडा अर्थात्‌ घाम उदाउने दिशातिरको पालको चौडाइ ५० हात होस्‌। १४ चोकमा छिर्ने प्रवेशद्वारको दायाँतिरको पाल १५ हातको होस्‌; त्यसको लागि तीन वटा खामा र तीन वटा चूलघर बनाउनू।+ १५ प्रवेशद्वारको बायाँतिरको पाल पनि १५ हातको होस्‌; त्यसको लागि तीन वटा खामा र तीन वटा चूलघर बनाउनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने