प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तिनीहरूले बनाउनुपर्ने पोसाक यी नै हुन्‌: छातीपाता,*+ एपोद,*+ बाहुला नभएको अलखा,*+ कोठे बुट्टा भएको लामो लुगा, फेटा+ अनि पटुका।+ तिनीहरूले ती पवित्र पोसाक तिम्रो दाइ हारुन र तिनका छोराहरूको निम्ति बनाऊन्‌ र तिनीहरूले पुजारीको काम गर्दा ती पोसाक लगाऊन्‌। ५ ती पोसाकहरू बनाउन ती निपुण कालिगडहरूले सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र उच्च कोटीको मलमल* कपडा प्रयोग गरून्‌।

  • प्रस्थान २९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि पोसाकहरू ल्याउनू+ र हारुनलाई कोठे बुट्टा भएको लामो लुगा, बाहुला नभएको अलखा,* एपोद* र छातीपाता* लगाइदिनू। अनि तिनको कम्मरमा एपोदको पेटी कसिदिनू।+

  • प्रस्थान ३५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘तिमीहरूमध्ये जो-जो कालिगडीमा सिपालु छौ,+ तिनीहरू आऊन्‌ र यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएका यी सबै कुरा बनाऊन्‌:

  • प्रस्थान ३५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ पवित्र स्थानमा* सेवा गर्नेहरूको लागि राम्ररी बुनिएका पोसाक,+ पुजारी हारुनको लागि पवित्र पोसाक,+ तिनका छोराहरूले पुजारीको काम गर्दा लगाउने पोसाक।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने